राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको ११ औं महाधिवेशनबाट सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन
भरतपुर/ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको ११ औंं महाधिवेशनबाट सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । यही जेठ २८ गते चितवनको नारायणगढमा भव्यतापूर्वक सम्पन्न ऐतिहासिक महाधिवेशनबाट १२ सदस्यीय नेतृत्व चयन गरिएको हो । महासंघको प्रथम उपाध्यक्षमा कञ्चनपुरकी मानवअधिकारकर्मी शारदादेवी चन्द, महासचिवमा गोरखाका मोहनलाल श्रेष्ठ र कोषाध्यक्षमा चितवनका केदारनाथ तिमल्सेनाबाहेक कसैको पनि
