दमक/ झापाको दमक नगरपालिका वडा नं. ८ स्थित अर्गानिक योग साधना केन्द्रले एक समारोहकाबीच विहीबार गुरु पूर्णिमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पतञ्जली योग समिति अन्तर्गत गत पुस महिनामा संचालित सह–योग शिक्षक प्रशिक्षण तालिम पूरा गरेका साधक साधिकाहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका दमक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मप्रसाद दहाल (दिपेश) ले तालिम पूरा गर्ने योग शिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा साधना केन्द्रका गुरु उमेश घिमिरेलाई सम्मान गर्नुका साथै साधिकाहरुले मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पतञ्जली योग समिति झापा जिल्ला सदस्य घनश्याम प्याकुरेल, जिल्ला मिडिया प्रभारी सोमनाथ आचार्य, दमक नगर समिति महामन्त्री धनपति ओडारी लगायतले शुभकामना ब्यक्त गरेका थिए । साधना केन्द्रका सम्पूर्ण योग शिक्षकको तर्फबाट योग शिक्षक ओमप्रसाद खनालले गुरु पूर्णिमाको महत्व सहित शुभकामना ब्यक्त गरेका थिए ।
अर्गानिक योग साधना केन्द्रका संयोजक उमेश घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा सह–संयोजक हरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव गंगाप्रसाद सेढाईंले गरेका थिए ।
