प्रधानमन्त्री ओलीले ध्यानपूर्वक सुने राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको माग, भने– ‘सकारात्मक पहल हुन्छ’
काठमाडौं/ ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकारका लागि भएका ऐन नियमहरुको पूर्ण कार्यान्वयन र थप सेवा सुविधाको माग गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय टोलीले प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग भेटघाट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटघाट सकारात्मक र आशा जगाउने खालको भएको महासंघका केन्द्रीय अध्यक्ष सूर्य प्रसाद श्रेष्ठले बताउनुभएको छ । महासंघले
