ज्येष्ठ नागरिक संघ दमकको आँखा परीक्षण शिविर
दमक/ झापाको दमकमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर एकदिने आँखा शिविर संचालन गरिएको छ । दमक नगरपालिका-८ स्थित ज्येष्ठ नागरिक संघ दमक नगर समितिको दिवा सेवा केन्द्रमा यस्तो आँखा शिविर संचालन गरिएको हो । शिविरमा २१६ भन्दा बढी ज्येष्ठ नागरिकलगायतले आँखा परीक्षण गराउनुका साथै आवश्यकता अनुसार निःशुल्क चश्मा र औषधी समेत प्राप्त गरेका छन् ।ज्येष्ठ नागरिक
