समाचार

प्रजातन्त्र दिवसमा गुह्येश्वरी सामाजिक संस्थाले गर्‍यो हाजिरीजवाफ प्रतियोगिता

कमल/ झापाको कमल गाउँपालिका–५ मा रहेको गुह्येश्वरी सामाजिक संस्थाले वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बु्‌धबार गुह्येश्वरी आधारभूत विद्यालयमा आयोजना गरिएको सो प्रतियोगितामा मंगलमय माध्यमिक विद्यालयको टोली प्रथम, स्मारिका सामुदायिक बोर्डिङ स्कूलको टोली द्वितीय, सूर्योदय बाल क्लबको टोली तृतीय र गुह्येश्वरी कीर्तन मण्डलीको टोली सान्त्वना स्थानमा विजयी बनेर पुरस्कार प्राप्त गर्न सफल भए । विजेता टोलीहरुलाई नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा वडाका विभिन्न विद्यालय, बाल क्लब र कीर्तन मण्डलीबाट गरी १४ वटा टोलीले भाग लिएका थिए । विजेता टोलीलाई कमल गाउँपालिका–५ का वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्टले नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्रदान गरे । कार्यक्रमको अध्यक्षता आयोजक गुह्येश्वरी सामाजिक संस्थाका अध्यक्ष गोपाल बहादुर निरौला, स्वागत मन्तव्य उपाध्यक्ष विष्णु राउत र कार्यक्रमको संचालन सल्लाहकार पशुपति कुमार धितालले गरेका थिए । प्रतियोगितामा प्रश्नवाचनको काम संस्थाका सचिव खर्गेश्वर उपाध्याय र सल्लाहकार विष्णु प्रसाद खनालले गरेका थिए । प्रतियोगिताको शुरुवातीको क्रममा स्थानीय सामाजिक व्यक्तित्व भोजकुमार घिमिरे, लखनपुर सामुदायिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष डम्बर बहादुर निरौला, आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर श्रेष्ठ, लगनशील कृषि सहकारी संस्थाका अध्यक्ष गोविन्द खनाल, चन्द्रदर्शन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेर बहादुर श्रेष्ठ, गुह्येश्वरी टोल विकास संस्थाका अध्यक्ष विनोद कुमार पाण्डे, सितापुरी टोल विकास संस्थाका अध्यक्ष तोम प्रसाद बाँस्कोटा, चोलुङ्ग टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र आङ्देम्बे, फक्तालुङ टोल विकास संस्थाका अध्यक्ष टेक बहादुर नेम्वाङ, पाथीभरा टोल विकास संस्थाका उपाध्यक्ष विनोद खरेल र मंगलमय टोल विकास संस्थाका सचिव तुलसी प्रसाद तिवारी अतिथिका रुपमा रहेका थिए । त्यस्तै कार्यक्रममा गुह्येश्वरी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर निरौला र प्रधानाध्यापक हेम कुमार न्यौपाने पनि अतिथिका रुपमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *