समाचार

कन्काई टोल विकासमा पुनः यमबहादुर अधिकारीको नेतृत्व

दमक/ झापाको दमक नगरपालिका-५ बेलडाँगी रोडस्थित कन्काई टोल विकास संस्थाले पुनः यमबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार स्थानीय मारवाडी सेवा समितिको हातामा भएको ८ औं साधारण सभा तथा अधिवेशनले यसअघि पनि अध्यक्ष रहेका अधिकारीलाई पुनः संस्थाको मुख्य जिम्मेवारी दिएको हो । अधिकारी सो टोल विकास संस्थाको स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहँदै आएका

Read More
समाचार

दमक अस्पतालमा ६ महिनाभित्र आइसीयूको व्यवस्था लायन्स इन्टरनेशनलले गर्‍यो १ करोड ५० लाख बढी सहयोग

दमक/ झापाको दमक अस्पतालमा आगामी ६ महिनाभित्रमा आइसीयूको व्यवस्था हुने भएको छ । शुक्रबार मात्र भएको एक सम्झौताबमोजिम अबको ६ महिनाभित्रमा अस्पतालमा गम्भीर र सिकिस्त विरामीहरुका लागि आइसीयूको सुविधा समेत थपिने भएको हो । यसका लागि दमक नगरपालिका, दमक अस्पताल र लायन्स क्लब अफ दमक इष्टर्न लायन (लायन्स क्लब इन्टरनेशनल) बिच आपसी सम्झौता भएको छ

Read More
समाचार

मंगलमय मा.वि. मा व्यवस्थापन समिति गठन, अध्यक्षमा सापकोटा

कमल/ झापाको कमल गाउँपालिका-५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयको विद्यालय व्यवथापन समिति पूणर्रुपले गठन भएको छ । समितिको अध्यक्षमा स्थानीय सामाजिक व्यक्तित्व टिकाराज सापकोटा चयन भएका छन् ।विद्यालयमा मंगलबार बसेको अभिभावकबाट निर्वाचित व्यवस्थापन समितिका चार सदस्य र अन्य सदस्यहरुको बैठकले अध्यक्षमा सापकोटालाई सर्वसम्मत रुपमा मनोनयन गरेको हो । अभिभावकहरुबाट सर्वसम्मत रुपमा चुनिएका सदस्यहरुमा क्रमशः तोम प्रसाद

Read More
समाचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन हिंसा अन्त्यका लागि प्रतिरोध गर्नुपर्नेमा जोड

दमक/ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबारबाट समापन भएको छ । झापाको दमक नगरपालिकाले पनि नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम गरी अभियानमा संलग्न संघ संस्था, व्यक्ति तथा सरकारी कार्यालयका प्रतिनिधिहरुलाई खादा ओढाएर सम्मान तथा समीक्षात्मक सचेतना कार्यक्रम गरी समापन गरेको छ । समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संविधानसभा सदस्य सांसद महेन्द्रा कुमारी सुब्बाले महिलाहरुले

Read More
मेन राजनीति

प्रधानमन्त्रीद्वारा दमक व्यापारिक कम्प्लेक्स उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो । कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको

Read More
समाचार

दमकबाट देशव्यापी अपाङ्गता समावेशी अभियान शुरु हुने

दमक/ झापाको दमकबाट देशव्यापी रुपमा अपाङ्गता समावेशी अभियान शुरु गरिने भएको छ । अपाङ्गगता भएकाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश र अपाङ्गताको सवालका बारेमा विशेष ज्ञान प्रदान गरी सशक्त र जागरुक बनाउन यस्तो अभियान शुरु गरिन लागेको हो । दमक अपाङ्ग सहयोग समितिले मंगलबार दमक-८ स्थित अर्गानिक सब्जी बजारको हलमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको

Read More
समाचार

कमलमा अपाङ्गता भएकालाई ह्वील चेयर, सेतो छडी र शैक्षिक सामग्री सहयोग

कमल/ झापाको कमल गाउँपालिकामा अपाङ्गता भएका १४ जनालाई सहजताका लागि ह्वील चेयर वितरण गरिएको छ । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता मनाउने सन्दर्भमा मंगलबार कमल गाउँपालिका वडा नं. ५ को कार्यालय हातामा एक कार्यत्र mमको आयोजना गरी कमल अपाङ्गता समितिले यसरी ह्वील चेयर वितरण गरेको हो । गएको वडादशैं र तिहारको समयमा पाडाजुँगी चौकमा लगाइएको मिनी

Read More
समाचार

इन्द्रेणी सहकारीको २८ औं स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

कमल/ झापाको कमल-७ गेउरियास्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवसका अवसरमा ज्येष्ठ नागरिक, विद्यार्थी तथा उत्कृष्ट कारोबारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । ज्येष्ठ शेयर सदस्यतर्फ सम्मानित हुनेहरुमा वेदमाया खनाल, नैनकला न्यौपाने, कृष्णप्रसाद भट्टराई, कमलादेवी भट्टराई, शिवकुमारी राई, रामसेवक साह, जलपादेवी खतिवडा, नरबहादुर राई र मकरबहादुर लिम्बू रहेका छन् । उनीहरुलाई

Read More
समाचार

कमलमा अपाङ्गता परिचय पत्र लिनेको संख्या ७९९ पुग्यो

कमल/ झापाको कमल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि लक्षित गरेर संचालन गरिएको शिविर समापन भएको छ । शिविरका क्रममा १४२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ । शिविर यही मंसिर ४ देखि १० गतेसम्म पालिकाका सबै वडाहरुमा एकपछि अर्को गरी संचालन गरिएको थियो ।पालिकाका ७ वटै वडा कार्यालयहरुमा एकपछि अर्कोगरी संचालन गरिएको

Read More
समाचार

ज्येष्ठ नागरिक संघ दमकको आँखा परीक्षण शिविर

दमक/ झापाको दमकमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर एकदिने आँखा शिविर संचालन गरिएको छ । दमक नगरपालिका-८ स्थित ज्येष्ठ नागरिक संघ दमक नगर समितिको दिवा सेवा केन्द्रमा यस्तो आँखा शिविर संचालन गरिएको हो । शिविरमा २१६ भन्दा बढी ज्येष्ठ नागरिकलगायतले आँखा परीक्षण गराउनुका साथै आवश्यकता अनुसार निःशुल्क चश्मा र औषधी समेत प्राप्त गरेका छन् ।ज्येष्ठ नागरिक

Read More