कमलमा रेमीअन्तर्गत बस्तीस्तरका समिति बन्दै
कमल/ झापाको कमल गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि पुनःएकीकरण परियोजना (रेमी) कार्यान्वयनमा ल्याइएको छ । रेमीले वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि सामाजिक तथा आर्थिक क्षेत्रमा काम गर्दछ । जसअन्तर्गत सामाजिक पुनःएकीकरणका लागि मनोसामाजिक समस्या पहिचान गर्ने र पारिवारिक परामर्शको कामका लागि सहजीकरण गरिन्छ भने आर्थिक पक्षमा उद्यमशीलता र सीप विकास गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा
