समाचार

राई परिवारले दावी गरेको जग्गा चलनचल्तीको बाटो कि व्यक्तिगत ?

दमक/ झापाको दमक-७ हाटखोला बस्ने प्रविण कुमार राईले दमक नगरपालिकाले आफ्नो परिवारको नाममा रहेको जग्गामा सार्वजनिक बाटो खोलेको आरोप लगाउनुभएको छ । श्रीमती सुनिता राईको नाममा लालपुर्जा रहेको साविक दमक ६ ख कित्ता नम्वर ३४४६० को दुई कठ्ठा जग्गामा नगरपालिकाले आफूमाथि राजनीतिक पूर्वाग्रह राखी बिहीबार मात्र डोजर लगाएर सार्वजनिक बाटो खोलेको आरोप लगाउनुभएको हो ।

Read More
समाचार

कोशी प्रदेश स्तरीय ज्येष्ठ नागरिक अन्तरक्रिया तथा गोष्ठी

विराटनगर / कोशी प्रदेश स्तरीय ज्येष्ठ नागरिक सरोकारावालाहरुको दुई दिने वृहत अन्तरक्रिया तथा गोष्ठी मोरङको विराटनगरस्थित विष्णुमाया सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ । गोष्ठीमा ज्येष्ठ नागरिक अभियन्ताहरुद्वारा प्रस्तुत विभिन्न विषयका कार्यपत्र तथा प्रस्तुतिमाथि वृहत छलफल तथा अन्तरक्रिया गरी निष्कर्षका रुपमा ९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । सो प्रतिवद्धता पत्रलाई कोशी प्रदेशकै सम्पत्तिको

Read More
समाचार

दमक–७ मा बालमैत्री अभिमुखीकरण र वडा बाल सञ्जाल पुनर्गठन

दमक/ झापाको दमक–७ मा वडास्तरीय बालमैत्री अभिमुखीकरण कार्यक्रम गरिनुका साथै वडा बाल सञ्जाल पुनर्गठन गरिएको छ । वडा कार्यालयको सभाहलमा मंगलबार भएको बालबालिकाहरुको स्थानीय सुशासनयुक्त अभिमुखीकरण कार्यक्रमका लागि भएको भेलाबाट अपेक्षा लुइँटेलको अध्यक्षतामा १५ सदस्यीय वडा बाल सञ्जाल गठन गरिएको हो । सो वडा बाल सञ्जालको उपाध्यक्षमा आइरन तामाङ, सचिवमा मनिक सिटौला, सह–सचिवमा आरती चौधरी

Read More
समाचार

कोशी प्रदेशमा चट्याङबाट एक दशकमा २५४ जनाको मृत्यु

झापा । कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सृजना गर्दै आएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार विसं २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सृजना

Read More
समाचार

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु। मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् । अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन

Read More