शिक्षा समाचार

ग्लोबल एजुकेशनल एकेडेमी दमक कक्षा ११ मा झापाकै सर्वोत्कृष्ट

दमक/ झापाको दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमी हिसानले लिएको कक्षा ११ तर्फको विज्ञान, मानविकी, कानुन र व्यावसायिक अध्ययन संकायको यस वर्षको परीक्षामा झापा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विज्ञान तर्फ ग्लोबलका रुपेश नेपाल र मानविकी तर्फ एलिसा अधिकारी झापा जिल्लाबाट परीक्षा दिएका परीक्षार्थीहरुमध्ये प्रथम भएका हुन् । नेपाल र अधिकारीलाई हालै विर्तामोडमा

Read More
समाचार

लखनपुर खानेपानीमा लोकतान्त्रिक साझा समूहले गर्‍यो उम्मेदवारी घोषणा

अध्यक्षमा न्यौपाने, लेखा संयोजकमा भट्टराई, प्रतिवेदन सम्बन्धी विवाद भने कायमै कमल/ लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी निर्वाचनका लागि लोकतान्त्रिक साझा समूहले एक औपचारिक कार्यक्रम गरी आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको छ । स्थानीय रोड स्टार पाटी प्यालेसमा उम्मेदवार घोषणा कार्यक्रम गरी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरुको तर्फबाट शनिबार उम्मेदवारी घोषणा गरिएको

Read More
समाचार

लखनपुर खानेपानीको विवाद सर्वदलीय बैठकबाट समाधान गरिने

कमल/ झापाको कमल-५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १३ औं वार्षिक साधारण सभाका सन्दर्भमा उत्पन्न विवाद सर्वदलीय बैठक बोलाएर आवश्यक छलफल गरी समाधान गरिने भएको छ । भदौ ६ गते विहीबार बोलाइएको साधारण सभाको उद्घाटनका क्रममा वितरित संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख केही कुरालाई लिएर विवाद उत्पन्न भएको थियो । विवाद पछि शुक्रबार

Read More
समाचार

ग्लोबल एजुकेशनल एकेडेमी दमकका विद्यार्थीले जिते फुटसलको उपाधि

दमक/ झापाको दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीका विद्यार्थीको टिम डिपीएल टिन्स बोर्डले आयोजना गरेको फुटसल प्रतियोगिताको मुख्य विजेता बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार दमक-५ स्थित गोर्खाली टोलमा रहेको फुटसलमा भएको कक्षा ११ र १२ तहका विद्यार्थीहरुबीचको फुटसल प्रतियोगितामा सर्वोत्कृष्ट भएर ग्लोबल एकेडेमी उपाधि हात पार्न सफल भएको हो । आफ्नो

Read More
समाचार

खानेपानी उपभोक्ता महासंघ झापाको निष्कर्ष-‘आयकर तिर्न सक्दैनौं, आन्दोलन गरौं ।’

दमक/ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था महासंघ झापा शाखाले खानेपानी संस्थाहरुलाई सरकारलाई आयकर तिर्नुपर्ने व्यवस्थाका विरुद्ध आन्दोलनको तयारी थाल्न केन्द्रमा अनुरोध गर्ने निणर्य गरेको छ । महासंघ झापा शाखाकी अध्यक्ष उषा भण्डारी सिटौलाको अध्यक्षतामा सोमबार बसेको महासंघ जिल्ला कार्यसमितिको बैठकले यस्तो निणर्य गरेको हो । भण्डारी लखनपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकी समेत अध्यक्ष हुनुहुन्छ

Read More
समाचार

फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणका लागि दमक नगरपालिकाले कडाई गर्ने

दमक/ झापाको दमक नगरपालिकालाई वातावरणीय रुपमा स्वच्छ, सफा र हराभरा राख्न तथा फोहोरमैला व्यवस्थापनको कार्यलाई चुस्त पार्न कडाइका साथ अनुगमन अभियाननै संचालन गरिने भएको छ । वातावरण संरक्षण र स्वच्छता तथा फोहोरमैलाको उचित व्यवस्थापनका लागि दमक नगरपालिकाले बजार क्षेत्र लगायतमा रहेका घरधनी, व्यापारी व्यवसायीका लागि पालना गर्नुपर्ने नीति, नियम समेत ल्याएको छ । सो नीति

Read More
समाचार

ज्येष्ठ अभियन्ता विश्वप्रसाद अधिकारीको‘भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा’ लोकार्पण

दमक / ज्येष्ठ नागरिक अभियन्ता तथा वयोवृद्ध सामाजिक व्यक्तित्व स्रष्टा विश्वप्रसाद अधिकारीद्वारा लिखित ‘भोजपुरदेखि झापा सम्मको संस्मरण यात्रा’ नामक कृति झापाको दमकमा लोकार्पण गरिएको छ । झापाको गौरीगञ्ज गाउँपालिका-१ महारभारा निवासी अधिकारीको यो पाँचौ कृति हो । आफ्नो व्यक्तिगत, पेशागत जीवनलाई समेट्दै अधिकारीले सामाजिक र शैक्षिक जगतमा गरेको योगदानलाई यो कृतिमा समेटिएको छ ।प्रकाशित कृतिको

Read More
समाचार

रोटरी क्लब अफ दमकको पदस्थापन समारोह, पत्रकार पराजुलीलाई पुरस्कार

दमक/ रोटरी क्लब अफ दमकको वर्ष २०२४/०२५ का लागि नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । नयाँ कार्यसमितिको अध्यक्ष विक्रम कुमार साह र अन्य पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण गरेपछि पदस्थापन कार्य सम्पन्न भएको हो । अध्यक्ष साहले रोटरीका डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचन र अन्यले अध्यक्ष साहसँग शपथ लिनुभएको हो ।१३ औं पदस्थापन समारोह दमकको नेपालीरिका

Read More
समाचार

राई परिवारले दावी गरेको जग्गा चलनचल्तीको बाटो कि व्यक्तिगत ?

दमक/ झापाको दमक-७ हाटखोला बस्ने प्रविण कुमार राईले दमक नगरपालिकाले आफ्नो परिवारको नाममा रहेको जग्गामा सार्वजनिक बाटो खोलेको आरोप लगाउनुभएको छ । श्रीमती सुनिता राईको नाममा लालपुर्जा रहेको साविक दमक ६ ख कित्ता नम्वर ३४४६० को दुई कठ्ठा जग्गामा नगरपालिकाले आफूमाथि राजनीतिक पूर्वाग्रह राखी बिहीबार मात्र डोजर लगाएर सार्वजनिक बाटो खोलेको आरोप लगाउनुभएको हो ।

Read More
समाचार

कोशी प्रदेश स्तरीय ज्येष्ठ नागरिक अन्तरक्रिया तथा गोष्ठी

विराटनगर / कोशी प्रदेश स्तरीय ज्येष्ठ नागरिक सरोकारावालाहरुको दुई दिने वृहत अन्तरक्रिया तथा गोष्ठी मोरङको विराटनगरस्थित विष्णुमाया सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ । गोष्ठीमा ज्येष्ठ नागरिक अभियन्ताहरुद्वारा प्रस्तुत विभिन्न विषयका कार्यपत्र तथा प्रस्तुतिमाथि वृहत छलफल तथा अन्तरक्रिया गरी निष्कर्षका रुपमा ९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । सो प्रतिवद्धता पत्रलाई कोशी प्रदेशकै सम्पत्तिको

Read More