समाचार

दंगाल युवा समूहले गरायो मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन

दमक/ दंगाल युवा समूहले झापाको दमक-२ स्थित मानव सेवा उद्दार सेवा आश्रमका आश्रितहरुलाई एक छाक भोजन गराएको छ । शुभदीपावली २०८१ का अवसरमा मानवकल्याण तथा परोपकारी भावनाका साथ बुधबार विहानको एक छाक भोजन गराइएको हो । सो भोजन वितरण कार्यक्रमको औपचारिक सत्रमा दमक नगरपालिका प्रमुख राम कुमार थापा प्रमुख अतिथिका रुपमा रहेका थिए ।
हाल सो आश्रममा १९ जना सडक मानवहरुलाई उद्दार गरी राखिएको छ । आश्रम दमक नगरपालिका र मानव सेवा उद्दार समाजको संयुक्त पहलमा संचालनमा ल्याइएको हो । दमक-३ स्थित पुरानो कोभिड अस्पतालका भवनमा आश्रम संचालनको पहल भएपनि वन डिभिजन कार्यालयको असहमतिका कारण सो ठाउँमा प्रयास गर्दागर्दै पनि आश्रम राख्न नसकिएको हो । कोभिड अस्पताल भएको ठाउँमा आश्रमलाई सार्ने पहल भइरहेको छ । खाना खुवाउने तथा भोजन वितरण कार्यक्रममा बोल्दै दमक नगर प्रमुख राम कुमार थापाले मानवीय सेवाको भावनाले आश्रम संचालनमा ल्याइएको हुँदा सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताए ।
दंगाल युवा समूह दमकको अध्यक्ष मातृका दंगालको अध्यक्षतामा भएको कार्यक्रममा सो आश्रम संचालक मानव सेवा उद्दार सेवा समाज दमकका अध्यक्ष रेवतचन्द्रं भण्डारीले सडकबाट उद्दार गरी आश्रममा राखिएकाहरुलाई खानाको व्यवस्था गरी सहयोग गरेकोमा दंगाल युवाहरुलाई धन्यवाद दिए । कार्यक्रममा दंगाल युवा समूहका केन्द्रीय अध्यक्ष राजन दंगाल, केन्द्रीय कोषाध्यक्ष योगराज दंगाल तथा मानव सेवा उद्दार सेवा समाजका केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठको पनि विशेष आतिथ्यता रहेको थियो । समूहका उपाध्यक्ष धर्मेन्द्र दंगालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव हिमाल दंगालले गरेका थिए । दमक-२ को साविकको वडा कार्यालय रहेको भवनमा हाल विगत ३ महिनादेखि आश्रम संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *