दमक/ साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमकको संयुक्त आयोजनामा झापाको दमकमा ११६ ओैं लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइएको छ । दमक नगरपालिका वडा नं. ६ स्थित देवकोटा चोकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरेर शुरु भएको सो कार्यक्रममा स्रष्टाहरुले देवकोटा सम्बन्धी रचनाहरु वाचन गरेका थिए । रचना वाचन गर्ने स्रष्टाहरुमा विन्दु दहाल मुकदर्शक, ओमप्रसाद खनाल, मेघनाथ बन्धु, यादवप्रसाद अधिकारी झाँक्रीखोले, विवेक दुलाल क्षेत्री, अम्बिका सापकोटा रहेका थिए ।
दमक नगरपालिका वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष कमल कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेली, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, दमक प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका पूर्वअध्यक्ष खेमलाल पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्रष्टाहरु डा. लेखनाथ न्यौपाने, दुर्गा काफ्ले, विरेन्द्र खडका, गोपाल दहाल, प्रकाश भण्डारी, रघुनाथ भण्डारी, लता मिश्र, ईन्दिरा भण्डारी, रामकुमार उपाध्याय, भूपेन्द्र तिम्सिना, हिमाल सुब्बा, गणेश गौतम, नारायण कृष्ण भण्डारी, नेत्र दहाल, भक्तादेवी दहाल लगायतको उपस्थिति रहेको थियो । साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
