कमल/ झापाको कमल गाउँपालिका-५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयको विद्यालय व्यवथापन समिति पूणर्रुपले गठन भएको छ । समितिको अध्यक्षमा स्थानीय सामाजिक व्यक्तित्व टिकाराज सापकोटा चयन भएका छन् ।
विद्यालयमा मंगलबार बसेको अभिभावकबाट निर्वाचित व्यवस्थापन समितिका चार सदस्य र अन्य सदस्यहरुको बैठकले अध्यक्षमा सापकोटालाई सर्वसम्मत रुपमा मनोनयन गरेको हो । अभिभावकहरुबाट सर्वसम्मत रुपमा चुनिएका सदस्यहरुमा क्रमशः तोम प्रसाद बाँस्कोटा, शोभा तिम्सिना, सावित्रा उपे्रती दाहाल र हरिलाल ताजपुरिया रहेका छन् । अध्यक्ष सापकोटासँगै चन्दादाताबाट तारादेवी अधिकारी बस्नेत, शिक्षक प्रतिनिधिका रुपमा तिर्थकुमार ताजपुरिया, वडा प्रतिनिधिका रुपमा वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्ट र सदस्य सचिवका रुपमा प्रधानाध्यापक मोहन कुमार बगाले रहेका छन् ।
अभिभावक भेलाले प्रेमबहादुर कार्की, गंगा मेचे, कमला खड्का, पुण्यप्रसाद खतिवडा, अमित थापा, कणर्विक्रम दाहाल र शान्तिराम खतिवडा रहेको शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । संघमा शिक्षक प्रतिनिधिका रुपमा भने शिक्षक कुमार कटुवालाई राखिएको छ । नयाँ व्यवस्थापन समिति र संघका पदाधिकारीहरुको पदस्थापन भने आगामी पुस ३ गते गरिने भएको छ ।
समाचार
मंगलमय मा.वि. मा व्यवस्थापन समिति गठन, अध्यक्षमा सापकोटा
- by ज्येष्ठ आवाज
- December 11, 2024
- 0 Comments
- 83 Views
- 2 months ago
