कमल — कमल नगर अस्पतालमा आज पनि मानसिक स्वास्थ्य सेवा लिन आएका बिरामीहरूको भीड देखियो। डा. नवराज कोइराला र डा. अञ्जनी कुमार यादवको टोलीले बिराट मेडिकल कलेज टिचिङ अस्पतालको सहयोगमा प्रत्येक महिनाको तेस्रो बुधबार सञ्चालन गर्ने मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा आज सम्पन्न गरेको हो। अस्पतालका अनुसार, निःशुल्क दन्त जाँच सेवा हरेक आइतबार र बिहीबार सञ्चालनमा रहने भएकाले भोलि (बिहीबार) पनि नियमित दन्त सेवा हुने जनाएको छ। त्यस्तै, भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम अन्तर्गत भोलि मङ्सिर २० र २१ गते २ नं. वडामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गरिने वडा कार्यलयले जानकारी दिइएको छ। यस्तै, वडा नं. २ तथा नगर अस्पतालबाट प्रसूति पश्चात (PNC) आमाहरूलाइ होम भिजिट सेवा समेत निरन्तर रूपमा दिइँदै आएको छ। वडा अध्यक्ष अशोक सुब्बाले भने, “कमल नगर अस्पतालमार्फत नागरिकलाई निःशुल्क, नियमित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्राथमिकता हो।” त्यसैगरी, गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने, “समुदायमै सम्पूर्ण स्वास्थ्य सेवा विस्तार गर्दै कमललाई स्वस्थ र सबल गाउँपालिका बनाउने लक्ष्य राखेका छौं।”
समाचार
कमल नगर अस्पतालमा मानसिक स्वास्थ्य सेवा सम्पन्न, भोलि नियमित दन्त र भिटामिन ‘ए’ कार्यक्रम
- by ज्येष्ठ आवाज
- November 6, 2025
- 0 Comments
- 266 Views
- 9 months ago
