मेन शिक्षा

आम्दा अस्पताल दमकका स्वास्थ्यकर्मीले सिके संचारकला

दमक/ स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा आवश्यकता महशूस गर्दै झापाको दमकस्थित आम्दा अस्पतालका स्वास्थ्यकर्मीले पाँच दिने संचारकला कार्याशाला मार्फत् संचारकला सीप सिकेका छन् । पछिल्लो समय बढ्दै गएको विभिन्न रोगको संक्रमणमा सचेतना जागृतिका लागि स्वास्थ्यकर्मीले प्रविधिमैत्री संचारकला अनिवार्य सिक्नु पर्ने भएकाले त्यस तर्फ आफूहरु लागेको आम्दा नेपालका सहसचिव डा. नविन ढकालले कार्यशाला समापनका क्रममा बताए ।
आम्दा अस्पताल दमकमा शनिबार सम्पन्न सो कार्यशाला समापन कार्यक्रममा संचारकर्मी, डाक्टर र प्राविधिकले प्रभावकारी उपचार र सेवाका लागि सूचना र संचारको व्यवस्थापन महत्वपूणर् हुने बताए । कार्याक्रममा संचारकर्मी गिरीराज भट्टराईले संचारकला स्वास्थ्यकर्मीका लागि महत्वपुणर् हुने भएकाले तालिम पछि पनि सँधै अपडेट रहने गरी ज्ञान लिनु पर्ने प्रष्ट पारे ।
संचारकर्मी डिकेश लामाले सहजीकरण गरेको  सो  कार्यशालाको समापनमा सहभागीद्वय नर्स चन्द्र आङबो र अमितराज पाण्डेले संचार गर्ने कलाको सिकाइले  आगामी दिनमा थप प्रभावकारी कार्य गर्नमा  मद्दत पुग्ने विश्वास व्यक्त गरे ।   विरामी, परिवार र समाजमा सकरात्मक भूमिका निर्वाह गर्न गरिएको संचार कला कार्यशालामा विशेषज्ञ डाक्टर सहित ३० जना चिकित्सकको सहभागिता रहेको आयोजक आम्दा अस्पताल दमकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *