अर्थ/सहकारी मेन समाचार

नेपसेको प्रमुख कार्यकारी अधिकृतमा दमकका चापागाई

दमक । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा दमक झापाका चुडामणी चापागाई नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । झापाका चापागाईंले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गरेका छन् । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुन सक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *