दमक/ विगतका वर्षहरुमाझंै यस वर्ष पनि श्रीकृष्ण जन्माअष्टमीका दिन झापाको दमकमा पनि आगामी भदौ ११ गते रथयात्रा निकालिने भएको छ । रथयात्राका लागि आवश्यक विभिन्न तयारी शुरु गरिएको छ । श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिले रथयात्रालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरेको महासचिव प्रेम भट्टराईले जानकारी दिनुभयो ।
रथयात्रा समितिले आइतवार दमक बजारमा अवस्थित राधाकृष्ण मन्दिरमा रथयात्रा समिति, जनप्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सरोकावालाहरुसँग आवश्यक छलफल र बैठक गरी आवश्यक तयारी अघि बढाउने निणर्य गरेको छ । अघिल्ला वर्षहरुमा दमकमा निकालिँदै आएको रथयात्रा पूर्वमा विराटनगर पछिको ठूलो मानिँदै आएको छ ।
यो पटक पनि रथयात्रालाई थप व्यवस्थित बनाउन एक दर्जन बढी विभिन्न तयारी उपसमितिहरु गठन गरिएको छ । रथयात्राको संरक्षकका रुपमा दमक नगरपालिका रहेको छ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा भएको बैंठकमा उप-प्रमुख रेगिना भट्टराई, इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसाद चापागाई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको उपस्थिति रहेको रथयात्रा व्यस्थापन समितिका सहसचिव कृष्ण अधिकारीले जानकारी दिनुभयो । बैंठकमा दमक १ का वडाध्यक्ष हरि प्रसाद न्यौपाने, ६ का वडाध्यक्ष टेकबहादुर थापा, ८ का वडाध्यक्ष धर्मप्रसाद (दिपेश) दाहाल, ९ का वडाध्यक्ष कुवेर भट्टराई, विभिन्न मठमन्दिरका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मेन
दमकमा श्रीकृष्ण जन्माष्टमीका दिन रथयात्रा निकालिने, आवश्यक तयारी शुरु
- by ज्येष्ठ आवाज
- July 29, 2024
- 0 Comments
- 83 Views
- 7 months ago
