पालिका गतिविधि मेन

कमल गाउँपालिकामा ढकाल, शाक्य चुलाचुलीमा सरुवा

कमल। झापाको कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा केशव कुमार ढकाल सरुवा भइ आउनुभएको छ । ढकालले बुधबारदेखिनै पालिका पुगेर आफ्नो कार्यभार सम्हाल्न थाल्नुभएको छ । ढकाल यसअघि इलामको चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहनुभएको थियो ।

ढकालको ठाउँमा भने कमल गाउँपालिकामा यसअघि प्रमुख प्रशासकीय अधिकृत रहनुभएका राजकुमार शाक्यले सरुवा भइ जिम्मेवारी पाउनुभएको छ । शाक्यले इलामको चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएको हो ।

बुधबार ढकालले भने कमल गाउँपालिकाको हाकिमको कार्यभार सम्हाल्नुभएको छ । त्यसक्रममा पालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । स्वागत तथा सम्मान ग्रहण गर्दै ढकालले कमल गाउँपालिकाको हितको निम्ति कर्तव्यनिष्ठ भइ कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *