१८ असार, दमक । दमक–४ श्री कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सोमबार विद्यालयमा एक कार्यक्रमका विच विद्यालयका १०४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
दमकमा रहेको सानो प्रयास युवा समाज र लायन्स कल्ब अफ दमक गरिमाको संयुक्त आयोजनामा ति शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । विद्यालयले छनोट गरि पठाएका गरि पठाएका गरिव, दलित तथा जेहेन्दार विद्यार्थीलाई ५–५ वटा कपि सहित अन्य शैक्षिक सामाग्री वितरण गरिएको सानो प्रयास युवा समाजका अध्यक्ष छवि खतिवडाले जानकारी दिए ।
यसका साथै सोहि विद्यार्थीका ३२ विद्यार्थीलाई अंग्रेजी माध्यमको पुस्तक पनि वितरण गरिएको थियो । कार्यक्रमका आप्mनो विचार राख्दै लायन्स कल्ब अफ दमक गरिमाका अध्यक्ष राम पौडेलले वितरण गरिएका सामाग्रीहरुको उचित सदुपयोग हुनुपर्ने र यसका लागि विद्यालयले निगरानी गर्नु पर्नेमा कुरा बताउनु भयो । कार्यक्रममा लायन्स कल्बका विभिन्न नेतृत्वहरुको, सानो प्रयास यूवा समाजका पदाधिकारी र शिक्षक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मेन
शिक्षा
दमकमा १०४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
- by ज्येष्ठ आवाज
- July 2, 2024
- 0 Comments
- 363 Views
- 9 months ago
