समाचार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु, महिलाहरुको उत्साहमा सरोकारवालाहरुको ऐक्यवद्धता

दमक/ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबारदेखि शुरु भएको छ । स्थानीय पालिकाहरुको आयोजना र विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्य र समन्वयमा देशैभर यो अभियानको थालनी गरिएको हो । यो कार्यक्रम विश्वभरिनै विभिन्न सचेतनामूलक लगायतका कार्यक्रम गरी प्रत्येक वर्षको नोभेम्वर २५ देखि डिसेम्बर १० तारिख सम्म मनाउने गरिन्छ । यसैक्रममा झापाको दमक र कमल

Read More
समाचार

झापाको कमल–५ मा विपद् व्यवस्थापन सम्बन्धी वडा स्तरीय कार्यशाला

कमल/झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा वडास्तरीय विपद् सम्बन्धी कार्यशाला आयोजना गरिएको छ । कार्याशालामा प्राकृतिक तथा मानव सिर्जित विपदको अवस्था पहिचान, विवरण संकलन र जोखिम न्यूनीकरणका लागि भावी योजना तय गर्ने बारेमा विस्तृत छलफल गरियो । कार्यवाहक वडाध्यक्ष चुरुङहाङ लावतीको अध्यक्षतामा भएको आम भेलामा स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक विद्याललयका प्रधानाध्यापक, सशस्त्र

Read More
समाचार

भारतको हरिद्वारबाट तालिम सकेका दमकमा मुख्य योग शिक्षकलाई सम्मान

दमक/ पतञ्जली योग दमक नगर समितिले भारतको हरिद्वारबाट मुख्य योग शिक्षकको तालिम सकेर फर्किएका मुख्य योग गुरुहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । दमक–६ स्थित पशुपति साधना केन्द्रको सहकार्यमा भएको सो कार्यक्रममा योग गुरुहरु धनपति ओडारी,ओमप्रसाद खनाल,उमेश घिमिरे,कुमार खनाल, लक्ष्मीप्रसाद श्रेष्ठ, पुण्यप्रसाद खनाल,रञ्जित बस्नेत र भोला ओझालाई सम्मान प्रदान गरिएको हो । पतञ्जली योग

Read More
समाचार

दमकको सरस्वती माविलाई नमुना विद्यालय बनाउने अठोट, नवनिर्वाचित व्यवस्थापन समितिलाई बधाई तथा शुभकामना

दमक/ झापाको दमक–९ इटाभट्टास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिको पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा नवनिर्वाचित, मनोनित तथा पदेन रुपमा विव्यसमा पर्ने सफल भएका जिम्मेवार व्यक्तित्वहरुलाई बधाई दिनुका साथै अविर टीका लगाउँदै खादाले सम्मान गरी जिम्मेवारी हस्तान्तरण गरिएको छ । विद्यालयको विशेष शिक्षा कक्षाको सभाहलमा भएको कार्यक्रममा उनीहरुलाई कार्यक्रमकी प्रमुख

Read More
समाचार

नेपाल दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

कमल/ झापाको कमल–५ स्थित नेपाल दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा आइतबार सितापुरीको जलकन्या मन्दिरमा सम्पन्न भएको छ । कमल गाउँपालिका सहकारी शाखाका प्रमुख मनिष यादवको प्रमुख आतिथ्यता र वडा नं. ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराईको विशेष आतिथ्यतामा भएको सो साधारण सभामा ज्येष्ठ शेयर सदस्य, असल कारोबारी, आवधिक वचतकर्ता, मासिक वचतकर्ता,

Read More
समाचार

कमल नगर अस्पतालमा मानसिक स्वास्थ्य सेवा सम्पन्न, भोलि नियमित दन्त र भिटामिन ‘ए’ कार्यक्रम

कमल — कमल नगर अस्पतालमा आज पनि मानसिक स्वास्थ्य सेवा लिन आएका बिरामीहरूको भीड देखियो। डा. नवराज कोइराला र डा. अञ्जनी कुमार यादवको टोलीले बिराट मेडिकल कलेज टिचिङ अस्पतालको सहयोगमा प्रत्येक महिनाको तेस्रो बुधबार सञ्चालन गर्ने मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा आज सम्पन्न गरेको हो। अस्पतालका अनुसार, निःशुल्क दन्त जाँच सेवा हरेक आइतबार र

Read More
समाचार

समुदायमै मधुमेह र उच्च रक्तचाप नियन्त्रणका लागि सेवा विस्तार

कमल गाउँपालिका–२ मा सञ्चालन भइरहेको समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप व्यवस्थापन कार्यक्रम अन्तर्गत राष्ट्रीय महिला स्वास्थ्य स्वयंसेविका चन्द्रकला ढकाल र उषा गौतम दाहालज्यु ले समुदायको घरदैलोमा पुगेर स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएको छ । उक्त कार्यक्रममा स्वयंसेविकाहरूले रक्तचाप र सुगर परीक्षण, नियमित औषधि सेवनको सल्लाह, खानपान तथा जीवनशैली सुधार सम्बन्धी परामर्श

Read More
समाचार

झरिका बावजुद पनि कमलमा बालबालिका र गर्भवती महिलालाई खोप, स्वास्थ्य सचेतनाबाट सेवाग्राहीहरुमा सकारात्मक प्रभाव परेको प्रतिक्रिया

कमल/ केही दिनदेखिको झरीको बावजुद पनि झापाको कमल गाउँपालिकामा बालबालिका र गर्भवती महिलाको नियमित खोप कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । कमल–२ स्थित भुत्लुङमा यस महिनाको खोप कार्यक्रम सम्पन्न भएको हो । कमल नगर अस्पतालले हरेक महिनाको १५ गते बालबालिका तथा गर्भवती महिलाहरुका लागि नियमित खोप सहित सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको

Read More
समाचार

दमकमा साहित्य कला संगम र पोखराको हेमजा साहित्य प्रतिष्ठानका बीच साहित्यिक भेटघाट र विमर्श

दमक/ साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला संगम दमकले एक कार्यक्रमका बिच साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । साहित्य कला संगम दमकका पदाधिकारीहरु र हेमजा साहित्यिक प्रतिष्ठान पोखराका पदाधिकारीहरु बिच साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठान पोखराका अध्यक्ष तथा हेमजा साहित्य महोत्सव तथा कविवर एवं भाषाविद् मुकुन्दशरण उपाध्याय र

Read More
समाचार

केर्खाको किरात माङहिममा राष्ट्रिय विभूति फाल्गुनन्दको पूर्ण कदको सालिक,धर्मगुरु आत्मानन्द लिङदेनले यही कार्तिक २५ गते अनावरण गर्ने कार्यक्रम

कमल (केर्खा)/ झापाको कमल गाउँपालिका–३ केर्खास्थित किरात तियेलुङ चोलुङ माङहिम समितिले किरातहरुको साझा मन्दिर अर्थात्‌.माङहिम परिसरमा महागुरु फाल्गुनन्द लिङदेनको ९ फुट अग्लो पूर्ण कदको सालिक निर्माण गरी अनावरणको तयारी गरेको छ । सो मन्दिर अर्थात् माङहिम गजुर सहितको ९ तले रहेको, त्यही हातामा पुजारीको आवास र यज्ञ कुण्ड रहेको रमणीय स्थल बनेको छ । जिल्लाभरिका

Read More