समाचार

साहित्य कला सङ्गम दमकको स्रष्टा भेटघाट कार्यक्रम

दमक/ साहित्य कला सङ्गम दमक झापाले एक कार्यक्रमका बिच रचनावाचन सहित स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कवि तथा साहित्यकार प्रा.डा.देवी नेपाल संग दमकका रहेका साहित्यिक संस्थाहरु साहित्यकला सङ्गमका पदाधिकारी तथा आजीवन सदस्यहरु र प्रतिभा निकेतनका पदाधिकारीहरु संग भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा भएको स्रष्टा भेटघाट कार्यक्रममा प्रा.डा. देवी नेपाल, साहित्यकार रामदेव पाण्डे, पत्रकार बिनोद सापकोटा, सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, सल्लाहाकारहरु हेमनाथ अधिकारी र पुस्ता राई, प्रतिभा निकेतनका अध्यक्ष कमलप्रसाद भट्टराई, प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोख्रेल लगायतको विशिष्ट आतिथ्यता रहेको थियो


कार्यक्रममा सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शक, सल्लाहकार सदस्य हेमनाथ अधिकारी, उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल, सचिव वीरेन्द्र खड्का, सदस्यहरु विवेक दुलाल क्षेत्री , रामकुमार उपाध्याय लगायत स्रष्टाहरु खेमलाल पोख्रेल, जीवनहरि शर्मा, शिशिर भट्टराई, पदमप्रसाद ओली, अर्जुन निरौला, ज्ञाननाथ निरौला लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा प्रा. डा. देवी नेपालले दमक स्रष्टाहरुको एउटा केन्द्रविन्दु रहेको , साहित्यलाई अघि बढाउन दमकमा रहेका साहित्यिक संस्थाहरुको महत्वपूर्ण योगदान रहेको बताए । दमकमा रहेका दुई दर्जन भन्दा बढी स्रष्टाहरु उपस्थित भएको सो कार्यक्रमको सञ्चालन महासचिव ओमप्रसाद खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *