समाचार

पतञ्जली योग समिति दमकको शुभकामना आदान प्रदान र सम्मान कार्यक्रम

दमक/ पतञ्जली योग दमक नगर समितिको आयोजनामा र दमक क्षेत्रमा रहेका साधना केन्द्रहरुको सहभागितामा नव वर्ष २०८३ को शुभकामना आदान प्रदान, भित्ते पात्रो विमोचन र सम्मान कार्यक्रम एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा दमक नगरलाई योगमय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
पतञ्जली योग जिल्ला समितिको अध्यक्ष भएर दमकमा योग विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने योग गुरु लक्ष्मीप्रसाद काफ्ले, प.यो.स. दमक नगर समितिका पूर्व अध्यक्षहरु हरिप्रसाद न्यौपाने, मिना कोइराला, दिलु सुब्बा तुम्रोक र दुर्गाप्रसाद भण्डारी र योग अभियन्ता सोमनाथ आचार्यलाईलाई सम्मान गरिएको हो । साथै योग विस्तारमा सहयोग पुर्‍याउने संस्थाहरु मेची बहुउद्देश्यीय सहकारी संस्था र सूर्यदर्शन सहकारी संस्थालाई समेत सम्मान गरिएको छ । यसैगरि लामो समय देखि योग साधना केन्द्रमा रहेर साधना गर्ने साधना केन्द्रका संयोजक र मुख्य प्रशिक्षकलाई समेत सम्मान गरिएको बताइएको छ ।
यसरी नै साधना केन्द्रका ज्येष्ठ साधक साधिकालाई सम्मान गर्नुका साथै कार्यक्रमलाई आर्थिक सहयोग गर्ने सहयोगी व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ ।
यसैगरि पतंजली योगपिठ हरिद्वारबाट दिक्षित भएर आएका योग गुरुहरु ओमप्रसाद खनाल, उमेश घिमीरे, भोलाप्रकाश ओझा, रणजित बस्नेत र लक्ष्मीप्रसाद श्रेष्ठलाई हरिद्वारबाट प्राप्त मुख्य योग शिक्षकको प्रमाण पत्र प्रदान गरिएको थियो ।


दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प.यो.स. कोशी प्रदेशका महासचिव लक्ष्मीप्राद काफ्ले, जिल्ला समितिका उपाध्यक्ष शुशिल निरौला, महासचिव रुद्र ओली, संगठन सचिव कृष्णप्रसाद ओझा, सल्लाहाकार सदस्य हरि पाठक, जिल्ला प्रशिक्षण विभाग प्रमुख दुर्गाप्रसाद भण्डारी, कार्यसमिति सदस्य बिक्रम कुमार साह लगायतको आतिथ्यता रहेको थियो ।
प.यो.स. दमक नगर समितिका अध्यक्ष रोहित कुमार उप्रेती (किरण) को अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष कुमार खनालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शेखर अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *