समाचार

आसामको तेजपुरका साहित्यकार ज्ञानबहादुर क्षेत्री सँग भेटघाट कार्यक्रम

दमक/ झापाको दमकमा कृयाशिल साहित्यिक संस्थाहरु साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमकले संयुक्त रुपमा तेजपुर आसामका साहित्यकार ज्ञान बहादुर क्षेत्री सँगको स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । साहित्य कला सङ्गमको कार्यालय दमकमा भएको साहित्यिक भेटघाट कार्यक्रममा साहित्य कला सङ्गम र प्रतिभा निकेतनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको समन्वयमा भएको सो भेटघाट कार्यक्रममा साहित्य कला सङ्गमका पदाधिकारीहरु अध्यक्ष बिन्दु दहाल मुकदर्शक ,पूर्व अध्यक्षहरु नरपति पाण्डे र विष्णु न्यौपाने, सल्लाहकार हेमनाथ अधिकारी, उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल, सह–सचिव मेघनाथ बन्धु, कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी लगायत प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोखरेल, वर्तमान अध्यक्ष कमलप्रसाद भट्टराई, वरिष्ठ साहित्यकार डा. अञ्जना भट्टराई, डा.व्यञ्जना भट्टराई, जिवनहरि शर्मा र साहित्यकारहरु पदमप्रसाद ओली, खगेन्द्र भट्टराई, निर्मला भट्टराई लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्रीलाई माला र नेपाली ढाका टोपीले स्वागत सम्मान गर्नुका साथै उपस्थित स्रष्टा हरुले रचना वाचन गरेका थिए । सो कार्यक्रममा साहित्यकार क्षेत्रीले आफूले लेखेका कृतिहरुको बारेमा जानकारी गराउँदै नेपाल र भारतमा रहेका साहित्यकारहरु बिच समय समयमा यस्ता साहित्यिक भेटघाटले साहित्यको उचाईलाई अझै माथि बढाउने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *