दमक/ साहित्य कला सङ्गम दमक झापाले शनिबार आफ्नो ५८ औँ मासिक शृङ्खला संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षता एवम् सिक्किमका साहित्यकार राजनचन्द्र शिवाकोटीको प्रमुख आतिथ्यमा भव्यरूपमा सम्पन्न गरेको छ ।
सो अवसरमा साहित्य कला सङ्गमका सल्लाहकार तथा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, सङ्गमका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु न्यौपाने, प्रतिभा निकेतनका वर्तमान अध्यक्ष कमलराज भट्टराई, संस्थापक अध्यक्ष खेमलाल पोखरेल, डीपीएल का पूर्व अध्यक्ष दधिराम ढकाल, डीपीएल कमलका पूर्व अध्यक्ष राजन चापागाईं, साहित्यकार नारायण शर्मा फुयाल, पदम ओली, देवु चापागाईं, लीलान्श भण्डारी , सङ्गमका उपाध्यक्ष त्रय यादव अधिकारी झाँक्रीखोले, दुर्गा काफ्ले, चन्द्रा गड्तौला, महासचिव ओमप्रसाद खनाल, सचिव वीरेन्द्र खड्का, सह–सचिव मेघबन्धु खनाल, कोषाध्यक्ष नेत्र अधिकारी, सदस्यहरु विवेक दुलाल क्षेत्री, रामकुमार उपाध्याय, ज्ञाननाथ निरौला, साहित्यकार जीवनहरि शर्मा, गोपाल प्रसाद दहाल, ज्ञानेन्द्र खड्का, किशोर खनाल, अम्बिका सापकोटा, उमा सुवेदी, यादव नेपाल, डिजायर नेपाल, ड्युसफ्ट नेपाल, त्रिलोचन रेग्मी, शान्त भट्टराई, खड्गबहादुर खड्का, भक्ता दहाल, नेत्र दहाल, शिभानी चापागाई, प्रीति चापागाईंले कविता वाचन गरेका थिए । प्रमुख अतिथिले पूर्वीय दर्शनशास्त्रका विषयमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोलेले गरेका थिए भने सञ्चालन संस्थाका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।

