समाचार

दमक–१० स्थित सिंहदेवी मा.वि को ५८ औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न

दमक/ झापाको दमक–१० स्थित श्री सिंहदेवी माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद न्यौपानेको अध्यक्षतामा आन्तरिक खेलकुद, विज्ञान प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, नगर स्तरीय अन्तर मा.वि हाजिरीजवाफ प्रतियोगिता र वडा स्तरीय अन्तर विद्यालय अनुलेखन र स्मरण खेलका साथै अभिभावकहरुबीच मनोरञ्जनात्मक खेलका साथ वार्षिकोत्सव कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको प्रधानाध्यापक सोमनाथ बारालले जानकारी गराएका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक राजेन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य र विद्यार्थीको तर्फबाट कक्षा ११ की छात्रा सखिता कार्कीले गरेकी थिइन् भने प्र.अ सोमनाथ बरालले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन सहित सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा र विशिष्ट अतिथि दमक नगरपालिका उप–प्रमुख रेगिना भट्टराई प्रसाई र १० नम्वर वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी रहेको कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु हरिप्रसाद न्यौपाने, जंगबहादुर थापा, देवीप्रसाद दाहाल, बोधराज न्यौपाने सहित पूर्व विद्यार्थीहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । शिक्षक अभिभावक संघका संयोजक नगेन्द्रमणी न्यौपाने, हिमालय मा.वि का प्र.अ द्रोणबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष देवीप्रसाद दाहाल र बोधराज न्यौपाने, पूर्व प्र.अ रुद्रप्रसाद सुवेदी, वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी र नगर प्रमुख रामकुमार थापाले शुभकामना मन्तव्य राखेका थिए ।


स्थानीय सामाजिक व्यक्तित्व डिककुमार राई, पूर्व प्र.अ हरु रुद्रप्रसाद सुवेदी र हरिनारायण अधिकारी, निवर्तमान वि.व्य.स अध्यक्ष प्रेमप्रसाद न्यौपाने, निवर्तमान वि.व्य.स सदस्यहरु लेखनाथ मिश्र, तुलसी देवान, उषा धिमाल, मञ्जुकुमारी घिमिरे र अनिता वि.क लाई सम्मान गरिएको थियो । वर्षको उत्कृष्ट शिक्षकको रुपमा शिक्षक ध्रुवराज खड्का सम्मानित भएका थिए ।
दमक–९ निवासी दुर्गा काफ्लेबाट एक लाख र दमक–१० निवासी हरिप्रसाद खनालबाट ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्न विद्यालयलाई चेक हस्तान्तरण गरिएको थियो । विभिन्न अक्षयकोषबाट प्राप्त व्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । जस अनुसार नरहरि पवित्रा ५० हजार रुपैयाँको अक्षयकोषबाट रु १,५०० का दरले २ जना, पुष्पलाल खगमाया ४० हजार रुपैयाँको अक्षयकोषबाट रु ३,०००। का दरले ६ जना, खगेन्द्र पौडेल स्मृति दुई लाखको अक्षयकोषबाट रु १२०० का दरले ८ जना, जंगबहादुर दुर्गापवित्रा १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोषबाट रु १२५० का दरले ४ जना, बालकुमारी पराजुली ५१ हजार ११५ रुपैयाँको अक्षयकोषबाट रु ६०० का दरले २ जना, अम्बिका –इन्दु) अम्बिका ५० हजार रुपैयाँको अक्षयकोषबाट रु ६०० का दरले १ जना, वर्षको उत्कृष्ट एक छात्र एक छात्रा रु १५०० का दरले २ जना सहित विद्यार्थी कल्याणकोषबाट ९ जना र पूर्व विद्यार्थी सहयोग अभियानबाट २० जनालाई झोला वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *