समाचार

झापाको कमल–५ का विपन्न ज्येष्ठ नागरिकलाई सचेतना र सम्मान

कमल/ झापाको कमल गाउँपालिकाका विपन्न ज्येष्ठ नागरिकहरुलाई सचेतना प्रदान गर्नुका साथै सम्मान गरिएको छ । पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर यही पस ४ गतेका दिन कमल गाउँपालिका वडा नम्वर ५ का ४५ जना ज्येष्ठ नागरिकलाई न्यानो फाइबर सिरक दिएर सम्मान गरिएको हो । वडाका टोल विकास संस्थाहरुको छनौट सिफारिसका आधारमा उनीहरुलाई सम्मान गरिएको वडा सचिव अमृत कुमार साहले जानकारी गराए ।
वडा कार्यालय हातामा रहेको आधारभूूूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष लाल बहादुर विष्टले गर्दै फाइबर सिरक प्रदान गरेर ज्येष्ठहरुलाई सम्मान गरेका हुन् । फाइबर सिरक वडा सदस्यहरु ओम कुुमार प्रधान, चन्द्रकला सुब्बा र चुरुङ्गहाङ्ग लावतीले पनि वितरण गरेका थिए । जाडोमा विपन्न परिवारका ज्येष्ठ नागरिकहरुलाई न्यानो प्रदान गर्न सहयोग पुग्नेगरी यो वर्ष फाइबर सिरक दिइएको वडाध्यक्ष विष्टले मन्तव्यका क्रममा बताए । उनले ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकारका लागि सजग रहेको बताउँदै यस्ता सम्मानका कार्यक्रमहरु क्रमशः गर्दै जाने पनि प्रष्ट पारे ।
कार्यक्रममा ज्येष्ठ नागरिकको अधिकार, कानुुन र स्याहारका बारेमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका केन्द्रीय सदस्य तथा पत्रकार पंकज दाहालले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *