दमक/ झापाको दमक नगरपालिका वडा नं. ६ का स्थानीय व्यवसायीहरुलाई एकदिने एआई सम्बन्धी तालिम दिइएको छ । तालिममा व्यवसायीहरुलाई आफ्नो व्यापार व्यवसाय प्रवद्र्धनका लागि एआईको प्रयोग कसरी गर्ने भनेर सिकाइएको वडाध्यक्ष टेकबहादुर थापाले जानकारी गराएका छन् ।
सूचना प्रविधिको पछिल्लो र उपयोगी एआई के हो, यसको प्रयोग कसरी गर्ने, व्यवसाय प्रवद्र्धन सम्बन्धी पोष्टर कसरी बनाउने, डिजाइन कसरी गर्ने, गीत कसरी बनाउने तथा भिडियो सामग्री कसरी बनाउने भनेर तालिममा अभ्यास समेत गराइएको थियो । तालिममा संचारकर्मी तथा एआईका जानकार लिलाराज भट्टराईले सहजीकरण गरेका थिए । तालिममा ५० जनाको हाराहारीमा सहभागीहरु रहेका थिए ।
वडा नं. ६ को कार्यालय भवनको सभाहलमा भएको तालिममा व्यवसायीहरुको उत्साहजनक सहभागीता रहेको थियो । तालिमको उद्घाटनमा प्रमुख अतिथि दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष भगवान बस्नेत र समापनमा वडाध्यक्ष टेकबहादुर थापा रहेका थिए । उद्घाटन कार्यक्रममा दमक उवासंघका कार्यवाहक अध्यक्ष बस्नेतले एआई व्यवसाय प्रवद्र्धनका लागि उपयोगी हुने भएकाले सकेसम्म धेरै ज्ञान र सीप हासिल गर्न भनेका थिए भने समापनमा वडाध्यक्ष थापाले सिकेको कुराको सदुपयोग गर्न आग्रह गरेका थिए ।
सहजकर्ता लिलाराज भट्टराईले भने तालिममा सिकेको एआई सम्बन्धी ज्ञान र सीपलाई सकेसम्म सकारात्मक कामका लागि सदुपयोग गर्न तर दुरुपयोग नगर्न सुझाव दिएका थिए । पूर्व नेपाल मिडिया हाउस प्रा.वि.को प्राविधिक संयोजनमा भएको तालिम कार्यक्रममा दमक–६ का वडा सदस्य कमल कुमार श्रेष्ठ र वडा सचिव प्रकाश घिमिरेको सक्रियता रहेको थियो । तालिम पश्चात् सहभागीहरुलाई सहभागीताको प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
अर्थ/सहकारी
दमक नगरपालिका वडा नं. ६ ले दियो व्यवसायीहरुलाई एआई सम्बन्धी एकदिने तालिम
- by ज्येष्ठ आवाज
- June 11, 2026
- 0 Comments
- 9 Views
- 2 days ago
Related Post
अर्थ/सहकारी, समाचार
कञ्चनजंघा सहकारीको इकाईगत साधारणसभा शुरु सदस्यमा आधारित भएकाले
September 2, 2024
