समाचार

साहित्य कला सङ्गमको साधारण सभामा अध्यक्ष दहालद्वारा साढे तिन लाखको अक्षयकोष घोषणा

दमक/ साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच २२ ओैं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दहाल मुकदर्शक को अध्यक्षतामा र वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. बद्रीविशाल पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, सताक्षी साहित्य समाजका अध्यक्ष उमानाथ दहाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्रप्रसाद घिमिरे, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य
साधारण सभाले सङ्गमका आजीवन सदस्यहरु मध्ये विद्यावारिधी (पीएचडी) गर्ने साहित्यकारहरु प्रा.डा. गोपालप्रसाद भण्डारी, डा. उत्तमप्रसाद भट्टराई र डा कमलप्रसाद ओस्तीलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि, सभाध्यक्ष र विशिष्ट अतिथिहरुले खादा माला लगाइ दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो । साथै गत आर्थिक वर्षमा कृति प्रकाशन गर्ने स्रष्टाहरु सङ्गमका उपाध्यक्ष दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल, आजीवन सदस्यहरु त्रिलोचन रेग्मी र गोपाल प्रसाद दहाललाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो
साधारण सभाले महासचिव ओमप्रसाद खनालले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नेत्रप्रसाद अधिकारीबाट प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक गीता कुँवरले प्रस्तुत गरेको लेखा प्रतिवेदनलाई आवश्यक छलफल गरी सर्वसम्मतिबाट पारित गरेको थियो । कार्यक्रममा नयाँ आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।
साहित्य कला सङ्गमका उपाध्यक्ष दुर्गा खनाल काफ्लेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए । सोही कार्यक्रममा सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकले आफ्ना माता पिताको नाममा तिन लाख एकाउन्न हजार रुपँयाँको अक्षयकोष स्थापना गरेको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *