समाचार

साहित्य कला सङ्गमको साप्ताहिक श्रृंखलामा स्रष्टाहरुले प्रस्तुत गरे रचना

दमक/ साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच सिर्जनशिल रचना वाचनको ६५ ओैं श्रृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष विन्दु दहाल मुकदर्शक को अध्यक्षतामा र कवि तथा साहित्यकार डा.खगेन्द्र प्रसाद दहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्र घिमिरे, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, साहित्यकार मुक्ति तिम्सिना लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा सिर्जनशिल रचना वाचन गरिएको थियो ।
रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कला सङ्गमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले , महासचिव ओमप्रसाद खनाल, सचिव बिरेन्द्र खड्का, सह–सचिव मेघनाथ बन्धु, कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी, सदस्य विवेक दुलाल क्षेत्री र स्रष्टाहरु किशोर खनाल, खड्ग बहादुर खड्का, यादवप्रसाद नेपाल, हरि पराजुली, गोपाल दहाल, पदमप्रसाद ओली, भक्तादेवी दहाल, लिलान्स भण्डारी, जगत बन्धु दहाल, त्रिलोचन उप्रेती लगायत रहेका थिए । कार्यक्रममा सहभागी सबै स्रष्टाहरु, प्रमुख अतिथि र अतिथिहरुले पनि रचना वाचन गरेका थिए ।


साहित्य कला सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोलेले स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए । कार्यक्रममा पहिलो पटक आउने स्रष्टाहरु भूमिका चापागाई, लक्ष्मी न्यौपाने र जयप्रसाद संग्रौलालाई खादा ओडाएर सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *