दमक/ साहित्य कला सङ्गम दमकले साहित्यिक व्यक्तित्वहरु सँग स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कोशी साहित्य कला परिषद् नेपालका साहित्यक व्यक्तित्वहरु सँग साहित्य कला सङ्गम दमकका स्रष्टाहरुको भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा कोशी साहित्य कला परिषद्का स्रष्टाहरु अध्यक्ष केशु विरही,उपाध्यक्ष विष्णु भण्डारी आचार्य, सचिव नवराज नवशिला, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले, सदस्य मनोज कार्की, सल्लाहकार सदस्यहरु डा. भिम खतिवडा र डा.छवि बैरागी घिमिरे साथै साहित्य विभाग सदस्य शारदा दहाललाई साहित्य कला सङ्गमबाट स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शक, पूर्व अध्यक्ष तथा सल्लाहाकार सदस्य नरपति पाण्डे, उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोले, महासचिव ओमप्रसाद खनाल, सचिव बिरेन्द्र खड्का, सदस्यहरु विवेक दुलाल क्षेत्री, किशोर खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोशी साहित्य कला परिषद्का अध्यक्ष केशु बिरहीले साहित्यिक भेटघाटलाई बढाउँदै लैजाने र आगामी दिनमा कोशी साहित्य कला परिषद् र साहित्य कला सङ्गमको सम्बन्धलाई अझ कसिलो बनाउने विचार व्यक्त गरे ।
साहित्यिक भेटघाट कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव ओमप्रसाद खनालले गरेका थिए ।
समाचार
साहित्य कला सङ्गम दमकको स्रष्टा भेटघाट कार्यक्रम
- by ज्येष्ठ आवाज
- March 21, 2026
- 0 Comments
- 324 Views
- 4 weeks ago
