समाचार

सानो प्रयास युवा समाजद्वारा शैक्षिक सामाग्री वितरण

दमक/ दमक–५ स्थित दीपिनी आधारभूत विद्यालयमा अध्ययनरत ३०० जना गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
कार्यक्रम सानो प्रयास युवा समाज दमक–५, झापाको आयोजनामा सम्पन्न भएको हो।

करिब १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको यस कार्यक्रममा, विद्यार्थीहरूका लागि नि:शुल्क दन्त परीक्षण (डेन्टल क्याम्प) समेत सञ्चालन गरिएको थियो। डेन्टल क्याम्पमा ओम शान्ति डेन्टल हस्पिटल, दमक–५ को सहकार्य रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्की रहनुभएको थियो। त्यस्तै, दमक–३ का वडा अध्यक्ष नविन बराल, दमक–५ का वडा अध्यक्ष ईन्द्र गुरुङ्ग, र वडा सदस्यहरू शोभा खतिवडा बेलबासे तथा सरु परियारको विशेष उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष छबि खतिवडाले कोरोना महामारीको समयमा स्थापना भएको संस्थाले दैनिक सयौंलाई खाना खुवाउने कामबाट सुरू गरेर आजसम्म विभिन्न सामाजिक कार्य गर्दै आइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक, विद्यार्थी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *