समाचार

ज्येष्ठ प्रतिष्ठानले गर्‍यो मातातीर्थ औंसीमा दमकका ज्येष्ठ आमाहरुलाई सम्मान

दमक/ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक ८ ले मातातीर्थ औंशीको अवसर पारेर ज्येष्ठ माता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
दमक ८ मा रहेका ८० वर्ष उमेर पुगेका दश जना ज्येष्ठ आमाहरुलाई एक भव्य कार्यक्रम गरेर सम्मान गरेको हो ।सम्मानित हुने ज्येष्ठ आमाहरुमा सरस्वता निरौला, सरस्वती देवी भट्टराई, चन्दमाया फुयल, गोमादेवी चुडाल, चन्द्रकला खड्का ,ईन्द्र कुमारी दहाल, कृष्णमाया गिरी, रुकमिणा आचार्य र भीककुमारी अधिकारी रहेका छन् । दमक नगरपालिका वडा न ८ वडा अध्यक्ष धर्मप्रसाद दहाल (दिपेश ) को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दमक ८ का पूर्व वडा अध्यक्ष पशुपतिराज गौतम, वर्तमान वडा सदस्यहरु हरिमाया चुडाल, खेम बहादुर श्रेष्ठ, ममता रसाईली, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका सल्लाहकार सह– संयोजक डोयना दहाल, एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक कोषराज प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि दाहालले ज्येष्ठ माताहरुलाई प्रमाण पत्र दोसल्ला माला टिका लगाएर सम्मान गरेका थिए । यसरी नै एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक कोषराज प्याकुरेल र प्रिन्सिपल ईन्दिरा प्याकुरेलले सम्मानित ज्येष्ठ माताहरुलाई कपडा सहित जनही नगद रु ५००/– का दरले यातायात खर्च समेत उपलब्ध गराएका थिए ।
कार्यक्रम ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक ८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका शाखा समितिका सचिव तारानाथ भट्टराईले गरेका थिए । कार्यक्रममा नयाँ सदस्यता लिने सदस्यहरुलाई आजीवन सदस्यको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *