समाचार

सानो प्रयास युवा समाजको नयाँ कार्यसमिति चयन

दमक/ सामाजिक कार्यमा सक्रिय संस्था सानो प्रयास युवा समाज दमकको नयाँ नेतृत्व चयन भएको छ ।

दमकको दिपिनी आधारभुत विद्यालयमा शनिवार भएको पहिलो साधारणसभाले पुनः छविलाल खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा निश्चल राई, सचिवमा दिप ताजपुरिया, सहसचिवद्धयमा रोचक अधिकारी, सूर्य माया भुजेल र कोषाध्यक्षमा यसोदा खतिवडा (काप्mले) चुनिएका छन् ।

यसैगरि, सदस्यहरुमा सुसन लिम्बु, सन्तोष गुरुङ्ग, तनुजा दुलाल, चम्पा ताजपुरिया, कृष्ण भण्डारी, मोनिका दंगाल, संयोग खतिवडा, बादल माझि, आविश्कार भट्टराई, सविन श्रेष्ठ, सुजन गौतम, सुरज धिमाल, दिपक तिवारी, कमल प्रसाद गैरे चयन भएका छन् ।

दमक ५ का वडाअध्यक्ष ईन्द्रबहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको थियो । सो संस्थाले विगत पाँच वर्षदेखि दमक आसपासमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ ।

यसअघि सो संस्थाले हालैमात्र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी विशेष सेवा सुविधा दिनका निम्ति एम्बुलेन्स सञ्चालनमा ल्याईएको अध्यक्ष खतिवडाले जानकारी दिए । संस्थाले आर्थिक स्रोत जुटाएर एम्बुलेन्स गाडी खरिद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *