दमक। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले झापाको शिवसताक्षी नगरपालिका–२ स्थित मोती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार परिषद्का केन्द्रीय सचिव विवश कटुवाल र स्थानीय समन्वयकर्ता सामाजिक व्यक्तित्व भूपेन्द्र न्यौपाने सहितको टोली विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गरेको हो ।
शैक्षिक सामग्रीमा १२५ जना विद्यार्थीहरुलाई किताब बोक्ने झोला (व्याग), कपी, डटपेन र ज्यामिति बक्स वितरण गरिएको छ । विद्यालयलाई भने ३० थान अंग्रेजी बोलचाल पुस्तक, १ थान नेपाली वृहत शब्दकोष र शिक्षकहरुलाई ३० थान क्याप उपलब्ध गराइएको छ । शैक्षिक सामग्री वितरणको देशव्यापी अभियानअन्तर्गत परिषद्ले मोती मा.वि.मा पनि सो सहयोग गरेको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि भने शिवसताक्षी नगरपालिका प्रमुख मोगाहाङ थोप्रा र विशेष अतिथिमा सोही नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकाल रहेका थिए भने कार्यक्रमको समन्वय र स्थानीय संयोजन सोही विद्यालयका भूतपूर्व विद्यार्थी संगठन व्याच २०४७ का सचिव भूपेन्द्र न्यौपानेले गरेका थिए । विद्यालयका प्रधानाध्यापक लोक बहादुर लावतीले स्वागत मन्तव्य राखेको कार्यक्रममा शुमकामना मन्तव्य प्रमुख अतिथि शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्रा, नगरपालिका शिक्षा शाखा प्रमुख ढकाल, प्राज्ञिक विद्यार्थी परिषद्का केन्द्रीय सचिव विवश कटुवाल, पूर्व विद्यार्थी भूपेन्द्र न्यौपानेले राखेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामु ढुंगानाले गरेका थिए । विद्यालयका प्रधानाध्यापक लावतीले कक्षा १० देखि १२ सम्मका सबै विद्यार्थीहरुलाई पुग्नेगरी शैक्षिक सामग्री वितरण गरिएको जानकारी गराउँदै विद्यार्थी परिषद्लाई आवश्यक सहयोगका लागि धन्यवाद दिए ।
