समाचार

लखनपुर खानेपानीको अध्यक्षमा डम्बर बहादुर निरौला निर्वाचित

साझा समूहको बहुमत, केही उम्मेदवारको मतान्तर भने झिनो

कमल/ लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सोमबार सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार अध्यक्षमा साझा समूहका डम्बर बहादुर निरौला विजजी भएको छन् । निरौला निवर्तमान अध्यक्ष उषा सिटौला भण्डारीले ७२१ ल्याउँदा निरौला ९५१ मत ल्याएर बिजेता बन्न पुगेका हुन् । कमल गाउँपालिका-५ का वडाध्यक्ष समेत रहेका निरौला नेकपा एमाले, राप्रपा र जसपाको सहकार्यमा बनेको साझा समूहको तर्फबाट अध्यक्षको उम्मेदवार भएका थिए । उपाध्यक्षमा पनि निरौला समूहकै गंगा प्रसाद पाण्डे (९२२), सचिवमा हरि प्रसाद घिमिरे (९५२) र सह-सचिवमा धन कुमारी राई (१३९६) मत ल्याएर निर्वाचित भएका छन् ।
लेखा समिति संयोजकमा पनि निरौला समूहकै तर्फका पशुपति कुमार धितालले जितेका छन् भने सदस्यहरुमा सोही समूहका देउप्रकाश राई र अर्की सदस्यमा भने लोकतान्त्रिक समूहकी मनिका राई विजयी बन्न पुगेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै समितिको सदस्यहरुमा क्षेत्र नं. १ बाट भिम कार्की र कमला राई गुरुङ, २ बाट इश्वर बुढाथोकी र महिला तर्फ लोविता राई, ३ बाट निर बहादुर श्रेष्ठ, ४ बाट दुर्गा प्रसाद पराजुली र महिला तर्फ सावित्रा दाहाल उप्रेती र ५ बाट टंक प्रसाद चम्लागाई र महिला तर्फ रामकुमारी कुरुम्वाङ उम्मेदवार बनेकोमा विजयी बनेका छन् । सह-सचिव धन कुमारी राई सबैभन्दा धेरै मत ल्याएर विजयी बनेकी छन् ।
अध्यक्षमा दोश्रो भएकी उषा भण्डारीले भने यसअघिका दुई कार्यकाल सो पदको जिम्मेवारी सम्हालिसकेकी छन् । अध्यक्षमा नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतको समूहबाट उम्मेदवार बनेका युवा नेता राजकुमार न्यौपाने (राजु) ले ३६४, स्वतन्त्र कृष्ण भण्डारीले ३७८ र अर्का खेमराज गुरागाईले १७८ मत मात्र पाएका छन् ।
उपाध्यक्षमा भने काँग्रेसको समूहबाट अलग रुपमा स्वतन्त्र उम्मेदवारी दिएका प्रमोद दाहालले ६३६ मत पाएका छन् । उपाध्यक्षमा काँग्रेस तर्फका आधिकारिक उम्मेदवार दिनेश अधिकारीले पनि ५९३ र स्वतन्त्र विनोद खरेलले १९९ मत प्राप्त गर्न सफल भएका छन् । सचिवमा पनि स्वतन्त्र याम प्रकाश सुब्बाले ७४६ र लोकतान्त्रिक समूहका निधिरत्न अधिकारीले ४६२ मत प्राप्त गरेका छन् । सह-सचिवमा लोकतान्त्रिक समूहकी विमला भट्टराईलाई ५४४ र गोमा तिवारी धिताललाई ३१० मत प्राप्त भएको छ । विजेता नबेनपनि लेखा संयोजकमा भने लोकतान्त्रिकका धर्मानन्द भट्टराईले ८०९ र स्वतन्त्र युवराज कार्कीले ६२० को शानदार मतमा चित्त बुझाउनुपरेको छ । लखनपुर खानेपानी झापाको कमल गाउँपालिका वडा नं. ५ को सशस्त्र पाथीभरा चौकमा कार्यालय रहेर वडा नं. ४, ५, ६ र ७ का खानेपानी उपभोक्ताहरुलाई सेवा दिँदै आएको सामुदायिक संस्था हो । यसपटकको निर्वाचनको मतगणना सोमबार राती ११ बजेदेखि शुरु भइ मंगलबार साँझ ७ः३० बजेतिर सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *