समाचार

ग्लोबल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

हर्षोल्लासका साथ मनाइयो बाल दिवस

दमक/ झापाको दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक साथै कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत र वार्षिक तथा विभिन्न टर्मिनल परीक्षामा कक्षागत रुपमा उत्कृष्ट तीनमा रहेका विद्यार्थीहरुलाई नगद सहित पुरस्कार प्रदान गरेर हर्षोल्लासका साथ भव्य दुईदिवसीय कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्राङ्गणमा आइतबार र सोमबार बेग्ला बेग्लै रुपमा आयोजना गरिएको यस्तो कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षक/शिक्षिकामा हौसला बढाउनुका साथै कोशी प्रदेशमै उत्कृष्ट नमुना विद्यालयको रुपमा रहेको पहिचानलाई थप उजागर गरेको छ ।
सोमबार बिहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको कार्यक्रमको प्रमुख अतिथ्यता दमक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष टेक बहादुर थापाले गरेका थिए । उनले आफ्नो शुभकामना मन्तव्यमा शैक्षिक कार्यक्रमका साथै अतिरिक्त क्रियाकलाप र विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा ग्लोबलले खेल्दै आएको भूमिका नमुनायोग्य रहेको बताए । कार्यक्रमको अध्यक्षता गरेकी विद्यालयका व्यवस्थापन समितिकी अध्यक्ष इन्दिरा बस्नेतले विद्यालयले आजसम्म पाएको माया र साथ सहयोगका लागि अभिभावक, विद्यार्थी र सरोकारवाला सबैलाई धन्यवाद दिइन् । विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले शैक्षिक गुणस्तर र उत्कृष्टताका लागि आइएनजी स्कील, माई सेकेण्ड टिचर र शिक्षा एकेडेमी लगायतसंग सहकार्य र समन्वय गरी अन्तर्राष्ट्रिय जगतमा समेत बिकाउ र अब्बल जनशक्ति उत्पादन गरिरहेको बताए । विव्यस पूर्वअध्यक्ष तथा शिक्षा समिति संयोजक खेम प्रसाद भण्डारीले विद्यार्थीहरु भोलीका कणर्धार मात्र नभएर वर्तमानका साझेदार समेत भएकाले सोही अनुसार उनीहरुको क्षमता विकास गर्ने कुरामा ग्लोबलले कुनै कसर बाँकी नराखेको प्रष्ट पारे । कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, प्याब्सन कमलका अध्यक्ष बदी साम्पाङ राई, संचालक समिति सदस्यहरु निलम बहादुर कटुवाल, खगेन्द्र भण्डारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षक शंकरराज गौतम र विद्यार्थीका तर्फबाट शुभम सिग्देलले पनि स्वागत मन्तव्य राखेका थिए भने स्वागत नृत्य समेत कक्षा १२ का विद्यार्थीहरुले पस्केका थिए ।
आइतबारको कार्यक्रम भने बिहानी सत्रमा मण्टेश्वरीको विद्यार्थीहरुको र दिवा सत्रमा कक्षा १ देखि १० सम्मको विद्यार्थीहरुका लागि लक्षित रहेको थियो । बिहानी सत्रमा वडाध्यक्ष टेक बहादुर थापा र दिवा सत्रमा दमक नगरपालिका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो । ती कार्यक्रममा ५ जना असल अभिभावकहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा कक्षा नर्सरीदेखि १२ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार स्वरुप क्रमशः नगद ६ हजार, ४ हजार र ३ हजार नगदसहित छात्रवृत्ति समेत दिइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *