समाचार

संझौता सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न

३ करोड ९४ लाखको कारोबार, निक्षेप २ करोड २७ लाख

कमल/ झापाको कमल-५ स्थित संझौता वचत तथा ऋण सहकारी संस्थाले गएको आर्थिक वर्षमा ३ करोड ९४ लाख १० हजार ५७९ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाको बिहीबार सम्पन्न नवौं वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनमार्फत् संस्थाले उल्लिखित रकम बराबरको कारोबार गरेको जानकारी गराइएको हो । संस्थाको निक्षेप २ करोड २७ लाख २९ हजार २६ रुपैयाँ र ऋण लगानी २ करोड ९२ लाख ४६ हजार १० रुपैयाँ भइ जम्मा आम्दानी ५० लाख ४८ हजार ७०८ रुपैयाँ रहेको जानकारी गराइएको छ ।
कुल शेयर सदस्य ५६८ रहेको संस्थाको शेयर पुँजी ७९ लाख ३२ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारण सभामा संस्थाका अध्यक्ष वासुदेव चापागाईले संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक सुरेन्द्र देवानले प्रस्तुत गरेका थिए । स्थानीय गुरागाइँ प्रतिष्ठानको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि कमल गाउँपालिका-५ का अध्यक्ष लाल बहादुर (एल.बी.) विष्टले स्थानीय सहकारी संस्थाको रुपमा संझौता सहकारीले शेयर सदस्यहरुलाई वचत र ऋण लगायत साह्रोगाह्रो पर्दा र सामाजिक क्षेत्रको काममा समेत मद्दत पुर्‍याएको विश्वास गरेको बताए । वडाध्यक्ष विष्टले आगामी दिनमा संझौता साकोसले आफ्नो दायरालाई फराकिलो पार्दै सहकारीको माध्यमबाट शेयर सदस्यहरुको जीवनस्तर उकास्नमा समेत योगदान पुर्‍याओस् भन्ने अपेक्षा गरे ।
विशेष अतिथि कमल-५ सहकारी समन्वय समितिको अध्यक्ष तथा लगनशिल कृषि सहकारी संस्थाका समेत अध्यक्ष गोविन्द खनालले पनि सहकारी विधि, नियम र पद्धतिमा चल्नुपर्ने बताउँदै सम्झौताले सहकारीका सिद्धान्त र मान्यतालाई अनुशरण गरिरहे अझै प्रगतिको मार्गमा जाने बताए । उपाध्यक्ष द्रोण बहादुर दनुवारले स्वागत गरेको कार्यक्रमको संचालन आलोपालो गरी संचालक समितिका सचिव भक्ति प्रसाद नेपाल र व्यवस्थापक दुर्गा गौतमले गरेका थिए । कार्यक्रममा सहकारी सम्बन्धी कविता र मुक्तकहरु समेत सुनाइएको थियो भने उत्कृष्ट कारोबार गर्नेहरुलाई सम्मानित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *