समाचार

लगनशिल कृषि सहकारीको वार्षिक प्रतिवेदन सार्वजनिक, कमलसँगै इलामको चुलाचुलीका दुई वडामा सेवा कार्य

कमल/ झापाको कमल-५ स्थित लगनशिल कृषि सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाका लागि वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । आइतबार संस्थाको पाडाजुँगीस्थित कार्यालयमा प्रमुख अतिथि कमल-५ का वडाध्यक्ष तथा संस्थाको सल्लाहकार समिति संयोजक लाल बहादुर (एल.बी.) विष्ट, संस्थाका अध्यक्ष गोविन्द खनाल, सल्लाहकारहरु र संचालक समितिका पदाधिकारी तथा सदस्य र लेखा सुपरिवेक्षण समितिका संयोजक युवराज कार्की लगायतले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सार्वजनिक प्रतिवेदनमा संस्थाको हालसम्म १२४६ जना शेयर सदस्य र २ करोड ७८ लाख ५४ हजार ४ सय शेयर पुँजी, १७ करोड ६८ लाख ५३ हजार २२० निक्षेप मौज्दात, १६ करोड ७० लाख १९ हजार २३५ कर्जा परिचालन र हालसम्मको खुद वचत ६१ लाख ८ हजार ९५७ रुपैयाँ रहेको उल्लेख गरिएको छ । सो सहकारी संस्थाले मुख्य कार्यालयमा दूध संकलन, भण्डारण र दूध, दही, घ्यू, कुराउनी र पनिर उत्पादन गरेर विक्री वितरण गर्दै आएको छ । केर्खामा भने दूध संकलन र दमकमा दूधसहित मुख्य कार्यालयमा उत्पादित दुग्ध पदार्थ विक्री केन्द्र संचालन गरेको छ । विगतका वर्षहरुमा भन्दा गत वर्ष संस्थाको कारोबार बढेको व्यवस्थापक तिलक कार्कीले जानकारी गराए । २०६४ सालमा स्थापित सो संस्थाले कमल गाउँपालिकाका सबै वडामा सेवा कार्य गर्दै आएकोमा चालू आ.व. देखि इलामको चुलाचुली गाउँपालिकाको वडा नं. ४ र ५ मा सेवा विस्तार गर्ने अनुमति लिएर काम थालिसकेको जानकारी गराइएको छ । आगामी असोज २ गते संस्थाको कार्यालय परिसरमा रक्तदान र ६ गते आइतबार बिहान ११ बजेदेखि स्थानीय रोडस्टार पाटी प्यालेसमा वार्षिक साधारण सभाको कार्यक्रम रहेको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नेक्रममा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *