समाचार

दमकमा भएको गौहत्याको विरोधमा राप्रपा र ब्राह्मण समाज, दोषी पत्ता लगाइ सकेसम्मको कारवाही गर्न प्रहरीसमक्ष माग

{“remix_data”:[],”source_tags”:[],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:false}

दमक/ झापाको दमकमा बुधबार भएको गौहत्याको विषय संविधान र कानुनविपरीत हर्कत भएको भन्दै दोषीहरुको पहिचान गरी सकेसम्मको कारवाही गर्न प्रहरी प्रशासनको ध्यानाकृष्ट गराइएको छ । हिन्दु धर्मावलम्बीहरुको बाहुल्य रहेको र गाईलाई राष्ट्रिय जनावरका रुपमा गौमाता भनि पूजा गरिने देशमा नै यस किसिमको हर्कत हुनु दुःखद, घृणास्पद र निन्दाको विषय भएको पनि सम्बन्धित पक्षहरुले जनाएका छन् । गौहत्याका दोषीहरुलाई पत्ता लगाएर हदैसम्मको कारवाही नगरे सनातन धर्मावलम्बी ॐकार परिवारले आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ ।
यस्तो चेतावनी दिनेमा राप्रपा दमक नगर समिति र ब्राह्मण समाज नेपाल झापा जिल्ला कार्यसमिति रहेका छन् । बुधबार दमकमा राप्रपा र ब्राह्मण समाजले संयुक्त पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन् । यही भदौ १८ गते रातीको समयमा दमक-१ निवासी लक्ष्मण विष्टको गोठमा बाँधी राखेको गर्भिणी गाईलाई अज्ञात समूहले चोरेर लगी स्थानीय पाङ्मी चौक नजिक रहेको बाबा विश्वकर्मा मन्दिर छेउमा हत्या गरेको पाइएको थियो । गाईलाई मासु खाने उद्देश्यले काटेर क्षतविक्षत अवस्थामा छोडिएको जानकारहरुले बताएका छन् ।
यो घटना संविधान र कानुनमाथिको ठाडो उल्लंघन मात्र होइन, आपराधिक र असामाजिक गतिविधि समेत भएकाले घटनाका बारेमा अनुसन्धान गरी गौहत्या गर्नेको पहिचान गर्दै कारवाही गर्न समेत राप्रपा दमक र ब्राह्मण समाज नेपाल झापाले प्रहरी र प्रशासनको समेत ध्यानाकृष्ट गराएका छन् । यसबारेमा राप्रपा दमकका अध्यक्ष हेम सुवेदी र सचिव अर्जुन रेग्मी तथा ब्राह्मण समाज झापाका अध्यक्ष भूपेन्द्र प्रसाद न्यौपाने तथा सचिव भुवन ढकालले हस्ताक्षर गरी निकालेको छुट्टाछुट्टै विज्ञप्तीमा दोषीमाथि कारवाहीको माग गरिएको छ ।
उनीहरुले पत्रकार सम्मेलनलगत्तै इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापालाई कार्यालयमै गई गौहत्याका दोषीलाई कारवाही गर्न आग्रह गरेका हुन् । सोही सम्बन्धमा नेकपा एमाले दमक नगर कमिटीले पनि एक विज्ञप्ति निकाली गौहत्याका दोषीलाई कारवाहीको माग गरेको छ । विभिन्न धार्मिक संघ संस्था र सनातन हिन्दु धर्मगुरुहरुले पनि दोषीलाई कारवाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी निशान थापाले पनि ज्ञापन पत्र बुझ्दै घटनाका बारेमा सबै सूचनाहरु संकलन गरी अनुसन्धानलाई तिब्र बनाइएको र सकेसम्म चाँडो दोषी पत्ता लगाएर आवश्यक कानुनी कारवाही गर्ने साथै त्यसका लागि माथिल्लो निकायबाट पनि चासो राखिएको प्रहरी कार्यालय पुगेको टोलीलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *