दमक/ झापाको दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमी हिसानले लिएको कक्षा ११ तर्फको विज्ञान, मानविकी, कानुन र व्यावसायिक अध्ययन संकायको यस वर्षको परीक्षामा झापा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विज्ञान तर्फ ग्लोबलका रुपेश नेपाल र मानविकी तर्फ एलिसा अधिकारी झापा जिल्लाबाट परीक्षा दिएका परीक्षार्थीहरुमध्ये प्रथम भएका हुन् । नेपाल र अधिकारीलाई हालै विर्तामोडमा हिसानले आयोजना गरेको कार्यक्रममा नगद, मेडल र प्रमाण पत्र सहित पुरस्कार समेत प्रदान गरिएको छ ।
यसैगरी ग्लोबलकै आशिका राई कानुन संकाय तर्फ जिल्लाकै दोश्रो र निर्जल निरौला व्यावसायिक अध्ययनमा जिल्लाकै तेश्रो स्थान हासिल गर्न सफल भएका छन् । उनीहरुलाई पनि हिसानले नगद, मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरेको छ । आइतबार कक्षा ११ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई ग्लोबल एजुकेशनल एकेडेमीले पनि बधाई दिएको छ । ग्लोबलको यो नतिजाले विद्यालयलाई कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा उभ्याएको छ भने विगतका वर्षहरुदेखिनै शिक्षण सिकाइ र अध्ययन अध्यापनका लागि उत्कृष्टताका आधारमा कोशी प्रदेश सरकारबाट उत्कृष्ट विद्यालयको पुरस्कार समेत पाइसकेको छ ।
ग्लोबल एकेडेमी राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा पनि जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालय हो । यस पटकको नतिजाले पनि विद्यालयको शिर उच्च राखेको भन्दै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित भएको पहिचानलाई निरन्तरता दिन क्रियाशील रहने ग्लोबल एजुकेशनल एकेडेमीका प्रिन्सिपल गुणराज अधिकारीले बताए ।
शिक्षा
समाचार
ग्लोबल एजुकेशनल एकेडेमी दमक कक्षा ११ मा झापाकै सर्वोत्कृष्ट
- by ज्येष्ठ आवाज
- August 25, 2024
- 0 Comments
- 194 Views
- 7 months ago
