दमकका व्यवसायी माझ लोकप्रिय गोपाल गुरागाई
गोपाल गुरागाई झापाको दमकका व्यापारी व्यवसायीहरुमाझ लोकप्रिय व्यक्ति हुन् । उनले दमक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा दोश्रो कार्यकालका लागि निर्वाचित भएर यो प्रमाणित गरिसकेका छन् । ताप्लेजुङको फुङ्लिङमा २०३२ जेठ २२ गते जन्मिएका गुरागाईले एक बौद्धिक, उच्च शैक्षिक, शालिन, मिलनसार, इमानदार र जुझारु व्यक्तिका रुपमा पहिचान बनाइसकेका छन् । आमा राधिका र बुवा कृष्णप्रसादको
