दमक/ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक–८ को नवौँ वार्षिक साधारण सभा र ज्येष्ठ पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । साधारण सभाका अवसरमा सो वडाका १० जना ज्येष्ठ बुवाहरुलाई नगद, दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको छ ।
सम्मानित हुनेहरुमा पूर्णप्रसाद खतिवडा, प्रेमप्रसाद ओली, यामनाथ कोइराला, अर्जुनप्रसाद प्रसाई, त्रैलोक्य रिजाल, प्रल्हाद पौडेल, कृपेश सुब्बा, बिष्णुप्रसाद सञ्जेल, होमबहादुर कार्की र नरेन्द्र दाहाल रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद (दीपेश) दाहाल, वडा सदस्य हरिमाया चुडाल, प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद पौडेल, सल्लाहकार सह–संयोजक डोयना दाहाल र शाखा अध्यक्ष ओम प्रसाद खनालले फूलमाला, नगद, सम्मान पत्र र दोसल्लाले सम्माति गरेका हुन् । सम्मानित हुनेहरुलाई जनही एक/एक हजारको दरले यातायात खर्च प्रदान गरिएको थियो । सो रकम आजीवन सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले रु ५००/– का दरले र एभरेष्ट बोडिङ स्कूलका संस्थापक निर्देशक कोषराज प्याकुरेलले रु ५००/– दरले प्रदान गरेका थिए ।

प्रतिष्ठान शाखा दमक–८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय सदस्य रुद्रबहादुर खड्का केन्द्रीय लेखा संयोजक कृष्ण थापा, पूर्व सल्लाहाकार देवप्रसाद सुवेदी, पूर्व लेखा समिति सदस्य शुरेश पौडेल, पूर्व केन्द्रीय सदस्य शुशीला गौतम, आजिवन सदस्यहरु टंक पाठक, सारदा उपाध्याय, सुमित्रा पौडेल, ईश्वरा प्रसाई, गणेश पौडेल, होमा खनाल लगायत शाखा समितिका पदाधिकारी हरु उपाध्यक्ष अर्जुन प्रसाई, कोषाध्यक्ष हरिप्रसाद खतिवडा, सदस्यहरु जगन्नाथ गोश्वामी र लोकनाथ अधिकारी, दुर्गादेवी ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।
स्थानीय एभरेष्ट बोर्डिङ हाइस्कूलमा भएको साधारण सभामा प्रतिष्ठानका शाखा अध्यक्ष खनालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन आवश्यक छलफल पछि सर्वसम्मतिबाट पारित गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष हरिप्रसाद खतिवडा र कार्यक्रम संचालन सचिव तारानाथ भट्टराईले गरेका थिए ।

