दमक/ साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच कवि शिरोमणी लेखनाथ पौड्यालको १४२ ओैँ जन्म जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा साहित्यकार श्याम सिंहकद्वारा लिखित ‘कोइलाखाद’ उपन्यासको परिचर्चा समेत गरिएको थियो । साहित्यकारहरु धनञ्जय बाँस्कोटा र कमल प्रसाद वस्तीले कोइलाखाद पुस्तकको बारेमा चर्चा गरेका थिए भने उपन्यासकार सिंहकले आफ्नो कृतिको बारेमा धारणा राखेका थिए । कवि तथा साहित्यकार हेमनाथ अधिकारीले कवि शिरोमणी लेखनाथको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा कविहरु कृष्ण उदासी, रुद्र प्रभात, युग योगी राई, देवु चापागाई, रेनुका शर्मा, देशु बनेम लगायतले रचना वाचन गरेका थिए ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दहाल मुकदर्शक को अध्यक्षतामा र दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक नगर पालिका वडा नं ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेल ,प्राज्ञ मुनाराम शेर्मा, प्राज्ञ सुमित्रा वाङदेल चेली, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, शिवसतासी साहित्य समाजका अध्यक्ष उमानाथ दहाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्र घिमिरे ,साहित्य कला सङ्गमका सल्लाहकारहरु उत्तमप्रसाद भट्टराई र पुस्ता राई लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साहित्य कला सङ्गमका उपाध्यक्ष दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल, सचिव बिरेन्द्र खड्का, सह–सचिव मेघनाथ बन्धु, सदस्य विवेक दुलाल क्षेत्री, रामकुमार उपाध्याय, लिलाप्रसाद अधिकारी र ज्ञाननाथ निरौला साथै स्रष्टाहरु किशोर खनाल, त्रिलोचन रेग्मी, खड्ग बहादुर खड्का, यादवप्रसाद नेपाल, गोपाल दाहाल, हिमाल सुब्बा गुराँश, मच्छिन्द्र याख्खा, अम्बिकाप्रसाद सापकोटा, जीवनहरि शर्मा, लिला खनाल, राजकुमार अनिश्चित, हिमाल सुब्बा गुराँस लगायतको उपस्थिति रहेको थियो । साहित्य कला सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाँक्रीखोलेले स्वागत मन्तव्य राखेका थिए भने सङ्गमकै उपाध्यक्ष चन्द्रा गड्तौलाको साङ्गीतिक समूहले स्वागत गीत प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।

