समाचार

साहित्यकार डा. लेखनाथ न्यौपानेको ‘स्वस्थ जीवन’ कृति लोकार्पण र रचना वाचन कार्यक्रम

दमक/ चर्चित कृति ‘मेरो देश’ का लेखक, साहित्यकार तथा पेशाले चिकित्सक डा. लेखनाथ न्यौपानेको अर्को कृति ‘स्वस्थ जीवन’ को लोकार्पण गरिएको छ । साहित्य कला संगम दमकको आयोजना तथा अग्रज कवि तथा साहित्यकार डा. तुलसी भट्टराईको प्रमुख आतिथ्यतामा भएकोे औपचारिक कार्यक्रमका बीच सो कृति लोकार्पण गरिएको हो ।
कृतिको प्रमुख अतिथि डा. भट्टराई, विशिष्ट अतिथि सिस्नु पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्गाने, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, आयोजक संस्था संगमका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराई, अग्रज साहित्यकारहरु क्रमशः खेमलाल पोखरेल, डा. खगेन्द्र दाहाल, छविरमण न्यौपाने, कृतिकार डा. लेखनाथ न्यौपाने लगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । कृतिको समीक्षात्मक टिप्पणी डा.गुरु पौडेल र साहित्यकार मेघनाथ बन्धुले गरे । सोही क्रममा साहित्य कला संगम दमकको सिर्जनशील रचना वाचनको ५६ औं श्रृखंला पनि सम्पन्न भएको छ ।

सो श्रृंखलामा २ दर्जन भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा संगमका उपाध्यक्षहरु क्रमशः यादव प्रसाद अधिकारी झाँक्रीखोले र दुर्गा खनाल काफ्‌ले, महासचिव ओमप्रसाद खनाल, सचिव वीरेन्द्र खड्का, सह–सचिव मेघनाथ बन्धु, कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी, सदस्यहरु क्रमशः विवेक दुलाल क्षेत्री र रामप्रसाद उपाध्याय रहेका छन् । त्यस्तै रचना वाचन गर्ने अन्य साहित्यकाहरुमा पदम ओली, चन्द्र सम्वाहाम्फे, जय मोक्तान, हिमाल सुब्बा गुराँस, टंक पाठक, गोपाल दाहाल, अम्बिका प्रसाद सापकोटा, भगवती दवाडी, शारदा निरौला, डिल्ली निरौला, खड्गबहादुर खड्का, किशोर खनाल, भूपेन्द्र तिम्सिना रहेका छन् ।


कार्यक्रममा प्रमुख अतिथि भट्टराई, बुढ्यौली साहित्य समाज झापाका अध्यक्ष हरिप्रसाद रिमाल, प्राच्य विज्ञान प्रतिष्ठान दमकका अध्यक्ष मोहन प्रसाद भण्डारी, मिक्लाजुङ्ग साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, विर्तामोडका साहित्यकार तुलसी भट्टराई, दुर्गाप्रसाद सिग्देल, कवि जीवनहरी शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । दमक–५ स्थित दीपीनी आधारभूत विद्यालयको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता साहित्य कला संगमका अध्यक्ष मूकदर्शक र कार्यक्रमको संचालन संगमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *