समाचार

दमकमा सहारा सहकारीको इकाइगत साधारण सभा

दमक/ सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले झापाको दमकमा इकाइगत वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दमक–९ स्थित कन्काई पार्टी प्यालेसको सभाहलमा भएको सो साधारण सभामा प्रमुख अतिथिका रुपमा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा रहेका थिए । दमक सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरुको सहभागिता रहेको साधारण सभामा दमक नगर प्रमुख थापाले शेयर सदस्यहरुको हित र कल्याणका साथै शेयर, वचत र ऋण कारोबारमा सहाराले अहिलेसम्म गरेको काम विवादमा परेको थाहा नपाएको र सही साथै पारदर्शी र गुणस्तरीय रहेको बताए । मेयर थापाले सहकारी क्षेत्रमा वर्तमान अवस्थामा देखिएको समस्याको मारमा सहारा साकोस नपरोस् भन्ने कामना प्रकट गर्दै उनले सहकारीलाई संकटको मारबाट जोगाएर अघि बढाउन सक्नुनै अहिलेको सफलता ठहरिने धारणा राखे ।
सहाराको दमक सेवा केन्द्रका संयोजक केपी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय संचालन समिति सदस्य भिम बहादुर खवासले अध्यक्ष हरिबहादुर राजवंशीको वार्षिक प्रगति प्रतिवेदन र सदस्य सचिव महेन्द्र कुमार गिरीको प्रस्तावित नीति तथा कार्यक्रम कोषाध्यक्ष डम्बर बहादुर देउजाले प्रस्तुत गरे । दुवै प्रतिवेदनमाथि आवश्यक छलफलपछि पारित गरिएको दमक सेवा केन्द्रका व्यवस्थापक तोयानाथ सुवेदीले जानकारी गराए । साधारण सभामा वितरित प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाको कूल पुँजी तथा दायित्व १६ अर्व ८३ करोड ३३ लाख ३६ हजार ४१० रुपैयाँ, शेयर पुँजी १ अर्व ६७ करोड ८६ लाख १२ हजार ७ सय रुपैयाँ, निक्षेप १२ अर्व ७५ करोड ३७ लाख ६३ हजार २०८ रुपैयाँ, ऋण लगानी १० अर्व ९३ करोड ५४ लाख ६१ हजार ३९८ रुपैयाँ हुनुका साथै कुल नाफा १ करोड ९ लाख १५ हजार ४६६ रुपैयाँ रहेको छ ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नेपाल रेडक्रस सोसाईटी दमकका सभापति प्रकाश बुढाथोकी, सामाजिक व्यक्तित्व सोमनाथ गौतम, शेयर विश्लेषक तथा संचारकर्मी कृष्ण कार्की, खेमकुमारी ओली लगायत रहेका थिए भने स्वागत मन्तव्य दमक सेवा केन्द्र संचालक सदस्य अनिता नेपाली र कार्यक्रम संचालन दमक व्यवस्थापक तोयानाथ सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *