दमक/ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था महासंघ झापा शाखाले खानेपानी संस्थाहरुलाई सरकारलाई आयकर तिर्नुपर्ने व्यवस्थाका विरुद्ध आन्दोलनको तयारी थाल्न केन्द्रमा अनुरोध गर्ने निणर्य गरेको छ । महासंघ झापा शाखाकी अध्यक्ष उषा भण्डारी सिटौलाको अध्यक्षतामा सोमबार बसेको महासंघ जिल्ला कार्यसमितिको बैठकले यस्तो निणर्य गरेको हो । भण्डारी लखनपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकी समेत अध्यक्ष हुनुहुन्छ ।
बैठकले झापाका स्थानीय तहहरुलाई छुट्टै खानेपानी ऐन बनाउन पनि सबै पालिकाहरुमा प्रतिनिधि मण्डल गएर अनुरोध गर्ने निणर्य गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । बैठकअघि आन्तरिक राजश्व कार्यालयको चन्द्रगढीको सभाहलमा जिल्लाभरिका खानेपानी उपभोक्ताहरुको भेला समेत भएको थियो । भेलामा करिव २०० खानेपानी उपभोक्ताहरु सहभागी रहेका थिए । अधिकांश खानेपानी उपभोक्ता संस्थामा संचालित आयोजनाहरु ऋणमा रहेका र खानेपानी विशुद्ध सेवाप्रदायक संस्था भएकाले कर तिर्नुपर्ने सरकारको निणर्य उचित नभएको भेलामा खानेपानी अगुवा उपभोक्ताहरुले निष्कर्ष निकालेका थिए ।
समाचार
खानेपानी उपभोक्ता महासंघ झापाको निष्कर्ष-‘आयकर तिर्न सक्दैनौं, आन्दोलन गरौं ।’
- by ज्येष्ठ आवाज
- August 12, 2024
- 0 Comments
- 82 Views
- 6 months ago
