समाचार

साहित्य कला सङ्गम दमकले सम्पन्न गर्‍यो सिर्जनशिल रचना वाचनको ६६ ओैं श्रृङ्खला

दमक/ साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच सिर्जनशिल रचना वाचनको ६६ ओैं श्रृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष विन्दु दहाल मूकदर्शक को अध्यक्षतामा र साहित्य कला सङ्गमका पूर्व अध्यक्ष साहित्यकार नरपति पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य समाज भुटानका अध्यक्ष तिलक राई, उपाध्यक्ष दिल भुटानी, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, साहित्य कला सङ्गमका लेखा समिति संयोजक गीता कुँवर लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागी स्रष्टाहरुबाट सिर्जनशिल रचना वाचन गरिएको थियो ।
रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कला सङ्गमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल, सचिव वीरेन्द्र खड्का, सह–सचिव मेघनाथ बन्धु, कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी, सष्टाहरु किशोर खनाल, खड्गबहादुर खड्का, यादवप्रसाद नेपाल, हरि पराजुली, गोपाल दाहाल, अम्बिकाप्रसाद सापकोटा, पदमप्रसाद ओली, त्रिलोचन रेग्मी, त्रिलोचन उप्रेती, भूमिका चापागाई, शान्तप्रसाद भट्टराई लगायत रहेका थिए ।
साहित्य कला सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोलेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए । कार्यक्रममा पहिलो पटक सहभागी हुने स्रष्टाहरु तिलक राई र दिल भुटानीलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *