दमक/ नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाको आयोजनामा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरुले आफूहरुले पढेका पुस्तको बारेमा चर्चा गरेका थिए ।
पुस्तक चर्चा गर्ने साहित्यकारहरुमा प्रमुख अतिथि समेत रहेका हेमनाथ अधिकारीले लार्सोन को ‘अल्फ्रेड नेटवर्क अफ ईनोभेसन’ पुस्तकको बारेमा, विशिष्ट अतिथिहरु पर्शुराम परासरले कवि विमल अर्यालको ‘आवरण’ कविता सङ्ग्रहको बारेमा, विन्दु दहाल मुकदर्शकले स्पन्दन विनोदको ‘अविरल’ कविता सङ्ग्रहको बारेमा, शारदा पराजुलीले प्रदिप रत्न शाक्यको ‘म सडकको प्रतिबिम्व’ को बारेमा साहित्यकारहरु ओमप्रसाद खनालले उमानाथ भट्टराईको ‘अचल’ महाकाव्यको बारेमा, मेघनाथ बन्धुले निर्मल भण्डारी र मणीराज जोशीको ‘निर्मलमणि’ कविता सङ्ग्रहको बारेमा, रामकुमार उपाध्यायले गोपाल गड्सेको ‘गान्धी हत्या र म’ पुस्तकको बारेमा, भगवती दवाडीले कवि ओम खनालको ‘निलो आकाश’ कविता सङ्ग्रहको बारेमा ,बिवेक दुलाल क्षेत्रीले अप्सरा पुडाशैनीको ‘कुकुर बेचेर कोशेली’ पुस्तकको कारेमा र विरेन्द्र खड्काले नवरङ्ग साहित्यिक पत्रिकाको बारेमा चर्चा गरेका थिए । साथै अन्य साहित्यकारहरु दुर्गा काफ्ले, गोपाल दहाल, किराँती राजा, वासु काफ्ले र खगेन्द्र भट्टराईले शुभकामना सहित रचना वाचन गरेका थिए ।
कार्यक्रम नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाका अध्यक्ष डा. लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल लाईब्रेरी फाउण्डेशन झापाका सचिव ओमप्रसाद खनालले गरेका थिए ।
कला/साहित्य
समाचार
लाईब्रेरी फाउण्डेशनको पुस्तक चर्चा र रचना वाचन
- by ज्येष्ठ आवाज
- October 28, 2024
- 0 Comments
- 487 Views
- 2 years ago
