समाचार

समुदायमै मधुमेह र उच्च रक्तचाप नियन्त्रणका लागि सेवा विस्तार

कमल गाउँपालिका–२ मा सञ्चालन भइरहेको समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप व्यवस्थापन कार्यक्रम अन्तर्गत राष्ट्रीय महिला स्वास्थ्य स्वयंसेविका चन्द्रकला ढकाल र उषा गौतम दाहालज्यु ले समुदायको घरदैलोमा पुगेर स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएको छ । उक्त कार्यक्रममा स्वयंसेविकाहरूले रक्तचाप र सुगर परीक्षण, नियमित औषधि सेवनको सल्लाह, खानपान तथा जीवनशैली सुधार सम्बन्धी परामर्श प्रदान गरिरहेका छन् । कार्यक्रमले समुदायस्तरमै रोगको पहिचान र व्यवस्थापन गर्न सघाउ पु‍र्‍याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *