समाचार

दमकमा साहित्य कला संगम र पोखराको हेमजा साहित्य प्रतिष्ठानका बीच साहित्यिक भेटघाट र विमर्श

दमक/ साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला संगम दमकले एक कार्यक्रमका बिच साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । साहित्य कला संगम दमकका पदाधिकारीहरु र हेमजा साहित्यिक प्रतिष्ठान पोखराका पदाधिकारीहरु बिच साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठान पोखराका अध्यक्ष तथा हेमजा साहित्य महोत्सव तथा कविवर एवं भाषाविद् मुकुन्दशरण उपाध्याय र रथारोहण एवं नागरिक अभिन्दन मूल समारोह समितिका अध्यक्ष छन्दमणि त्रिपाठीले आगामी मंसिर महिनामा पोखरामा हुने हेमजा साहित्य मोहत्सवमा सहभागी हुन साहित्य कला संगम दमकमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई निमन्त्रणा गरे । साथै हेमजा साहित्य प्रतिष्ठानले गर्दै आएका साहित्यिक गतिविधिका बारेमा पनि त्यस अवसरमा जानकारी गराइएको थियो ।
कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्षहरु कोविद शरण उपाध्याय र सुनिल गायक, हेमजा साहित्य ग्रन्थ सम्पादक ऋकेश भण्डारी, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला संगमका पूर्व अध्यक्ष विष्णु न्यौपाने, संगमका अध्यक्ष बिन्दु दाहाल मूकदर्शक, उपाध्यक्षहरु यादवप्रसाद अधिकारी, दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल, सह–सचिव मेघनाथ बन्धु, कोषाध्यक्ष नेत्र अधिकारी, सदस्यहरु डा.लेखनाथ न्यौपाने र रामकुमार उपाध्याय लगायतको उपस्थिति रहेको थियो । साहित्य कला संगमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन संगमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *