समाचार

कवि गोपाल दाहालको ‘जीवन यात्रा’ विमोचन, साहित्यकारहरुको उत्साहपूर्ण सहभागिता

उर्लाबारी/ साहित्यकार तथा कवि गोपाल दाहालको कविता कृति ‘जीवन यात्रा’ मोरङको उर्लाबारीमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । राधिका माध्यमिक विद्यालयको सभाहलमा भएको साहित्यकारहरुको जमघटबीच भएको कार्यक्रममा सो कृति विमोचन गरिएको हो ।
नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ समालोचक तथा साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, कृतिका समीक्षक केशव प्रसाद रेग्मी, साहित्य कला संस्कृति प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेल, कविको आँगन साहित्य समूहकी सदस्य लक्ष्मीअच्युत ढुङ्गाना एवं स्वयं कृतिकार गोपाल दहालले संयुक्त रुपमा सो कृतिको विमोचन गरेका हुन् । अतिथिहरु प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, प्रतिभाका पूर्व अध्यक्ष खेमलाल पोखरेल, साहित्य कला सङ्गम दमक झापाका अध्यक्ष बिन्दु दहाल मूकदर्शक, सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोले, महासचिव ओमप्रसाद खनाल, इलाम साहित्य कला प्रतिष्ठानका अध्यक्ष जयनारायण भट्टराई ,मिक्लाजुङ्ग साहित्य समाज मोरङका अध्यक्ष इन्द्र प्रसाद घिमिरे रहेका थिए भने सभाको अध्यक्षता यज्ञ परिश्रमी, स्वागत मन्तव्य रिता रिमाल र कार्यक्रम संचालन युवराज काफ्लेले गरेका थिए ।
कार्यक्रममा भगवती ढुङ्गेल, लक्ष्मी अच्युत ढुंगाना, मेघनाथ बन्धु लगायतले विमोचित कृतिबाट एक एक वटा कविता वाचन गरेका थिए भने युगयोगी राई, नयन श्रेष्ठ, विवेक दुलाल क्षेत्री दमक लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए । कृतिकार कवि गोपाल दाहालले आफ्नो कविता संग्रहबाट आफू अष्ट्रेलिया रहँदा, भारत रहँदा र नेपालमा हुँदा लेखिएका संग्रहमा सगृहित तीन भिन्ना भिन्नै कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्यप्रेमीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी हुने अन्य स्रष्टाहरुमा कवि तथा साहित्यकार हेम अधिकारी, पदमप्रसाद ओली, भूपेन्द्रराज तिमिल्सिना, टंक आचार्य, कृष्ण उदासी, दिलीप राई सगर, अम्बिका सापकोटा, कुमार पोखरेल, टीका खड्का राष्ट्रप्रेमी, सुमन ब्राइ, मनोज बरार्ईली लगायत रहेका थिए । कार्यक्रम उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *